प्रभातका किरण सँगै तिम्रो सुन्दर मुहार……………………….

इनेप्लिज २०७८ पुष २९ गते ३:४८ मा प्रकाशित

 

प्रभातका किरण सँगै तिम्रो सुन्दर मुहार हेर्न पाईयोस

यो मेरो डायरीमा तिम्रो कथा लेख्न  पाइयोस

 

तिमिले दिएको मायाको कहानि यो संसार भर फैलियोस

सधै साथमा बस्ने हाम्रो बाचा कसम कहिले  नटुटोस

तिम्रो मायाले बाचेको कुरा दुनियालाई थाहा होस

मलाई छैन चाहना अरु केहि सधै तिम्रो साथमा रहु

 

तिम्रो साथमा खुसि भएर सधै मैले नाचु

म जहा भए पनि यो हृदयमा तिम्रो नाम लेखु

सधै भरी मेरो नामको सिन्दुर तिम्रो सिउदोमा देखु

सधैभरिको लागि  तिमिलाई यो दिलमा राख्न सकु

 

गोबिन्द राज ओझा

दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल ,डोटी , नेपाल

[email protected]

 

प्रतिक्रिया