सहकारी बैंकले ४० लाख जनतालाई सेवा प्रदान

इनेप्लिज २०७८ पुष २७ गते २२:३१ मा प्रकाशित

विराटनगर,२७ पुस।राष्ट्रिय सहकारी बैंकले लिमिटेडले नेपाल भरी १४ हजारभन्दा वढी सहकारी संघसंस्था मार्फत ४० लाख जनतालाई प्रत्यक्ष रुपमा सेवा पुर्याउँदै आएको छ।

सहकारी बैंक  लिमिटेडका प्रदेश नं १ को १८ औ बार्षिक साधारण सभाको पूर्व सन्ध्यामा प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनु भयो।

उहाँले बैंकले आर्थिक वर्ष २०७७÷०७८ मा रु ६६ अर्व ३४ करोड निक्षेप संकलन गरी रु ३५ अर्व ९१ करोड कजा प्रवाद गर्दै कूल रु ७१ अर्व ६८ करोड कारोवार गरेको बताउनु भयो।

वैंकले स्थानीय निकायमा रहेको सहकारी मार्फत ग्रामीण क्षेत्रका जनतालाई आय आर्जन तथा स्वरोजगार निर्माण गर्न मुख्य उद्देश्यले पुँजी वृद्धि तथा तरता कायम गर्न कार्य गरिरहेको प्रष्ट पार्नु भयो।

सञ्चालक समितिका सदस्य सरिता भट्टराईले स्थानीय निकायको सहयोगमा वैंकले सहकारीको मार्फत विपन्न जनताको ‘गरीवी न्यूनिकरण’ कार्यक्रम अन्तर्गत स्वदेशी र स्थानीय कच्चा पदार्थको प्रयोगले स्थानीय उत्पादनलाई खरीद गरी स्थानीय अर्थतन्त्र विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्य अगाडि वढाइरहेको जानकारी दिनु भयो।

बैंकका सूचना सदस्य डिल्ली पाखरेलले स्वास्थ्य मापदण्ड अपनाएर साधारण सभा गर्ने बताउनु भयो।

सभामा प्रदेशका दुई हजार २५७ सहकारी संस्थाको सहभागीता हुनेछ।

प्रतिक्रिया