अमेरिका र रुस वार्ता बिना प्रगती समाप्त

इनेप्लिज २०७८ पुष २७ गते १२:२४ मा प्रकाशित

अमेरिकी र रुसी अधिकारीहरूले गत सोमबार सात घण्टाभन्दा बढी वार्ता गरे तर रुसले आफ्नो छिमेकी युक्रेनमाथि आक्रमण गर्ने डरका कारण दुवै पक्षको वार्ता सम्झौता हुन् सकेन । अर्थात् दुवै कुनै समस्याको समाधानको नजिक देखिएनन भनि एबिसीन्यूजले समाचार प्रकाशित गरेको छ ।

वार्ता पछि द्वन्द्वात्मक पत्रकार सम्मेलनमा शीर्ष अमेरिकी र रूसी कूटनीतिज्ञहरूले बैठक रचनात्मक भएको बताए । किनकि आगामी बुधबार नेटोको मुख्यालयमा दोस्रो चरणको वार्ता हुदैछ ।

तर अमेरिकी उप-विदेश सचिव वेन्डी शर्मनले सावधानी अपनाउन आग्रह गरिन र “उदार र निष्कपट ” स्वरको प्रशंसा गरिन । उनको समकक्ष रुसी उप विदेश मन्त्री सर्गेई र्याबकोभले अमेरिका धेरै ढिलो गइरहेकोमा चेतावनी दिए र मस्कोका प्रमुख मागहरूलाई गम्भीरतापूर्वक लिइरहेको छैन भनि आरोप लगाए ।

यसले वास्तविक वार्ताको लागि चरण तय गर्छ वा रूसी नेता भ्लादिमिर पुटिनले युद्धको बहाना खोजिरहेका छन् कि छैन, अस्पष्ट रहेको छ । किनकि रूसले आफ्नो सोभियत क्षेत्रको प्रभावलाई पुन: दाबी गर्न र तीन दशकमा युरोपेली सुरक्षामा सबैभन्दा स्पष्ट, सबैभन्दा आधारभूत चुनौती प्रस्तुत गर्ने प्रयास गरिरहेको छ।

र्याबकोभले ,अमेरिकाले युक्रेन र जर्जिया कहिल्यै नेटोमा संलग्न नहुने कानूनी प्रत्याभूति नगरेसम्म कुनै पनि प्रगति हुन असम्भव हुने बताए ।

“हामी ढिलो कुराकानी, आधा प्रतिज्ञाहरूबाट थाकेका छौं। युक्रेन र जर्जिया कहिल्यै — कहिल्यै — नेटोको सदस्य बन्ने छैनन्,” रियाबकोभले पछि पत्रकारहरूलाई भने ।

रुसको शीर्ष मागलाई दोहोर्याउँदै गत महिना दुई मस्यौदा सन्धिहरूमा राखिएको थियो। “हामी अर्को पक्षलाई विश्वास गर्दैनौं। हामीलाई फलामको आवरण, वाटरप्रूफ, बुलेट-प्रुफ,(गोली अभेद्य )कानुनी रूपमा बाध्यकारी ग्यारेन्टी(प्रत्याभूति )हरू चाहिन्छ। सुरक्षा होइन – प्रत्युभूती हरू।”

उनले रुसको केन्द्रीय मागमा कुनै प्रगति नभएको र अमेरिकाले अवस्थाको जरुरी बुझ्न असफल भएको चेतावनी दिएका छन्।

युक्रेनको सिमानाका तीन तर्फ करिब १,००,००० रुसी सेनाले आक्रमणको तयारी गरिरहेको कुरालाई उनले अस्वीकार गरे । र्याबकोभले फेरि युक्रेनले “उत्तेजना” मार्फत द्वन्द्व निम्त्याउन सक्ने चेतावनी दिए।

अवस्था अहिले यति खतरनाक र अनिश्चित छ कि हामी अब कुनै ढिलाइ सहन सक्दैनौं, “उनले थपे।

प्रतिक्रिया