आठ नेपाली कविहरूले गरे प्रतिनिधित्व

इनेप्लिज २०७८ पुष २७ गते १०:३९ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यको थर्ड आई बटरफ्लाई प्रेसले विश्वभरिका कविहरूको कविता संकलनको दोश्रो भाग हालै प्रकाशनमाल्याएको छ ।

यस संकलनमा ४८ देशका १९० कविहरूका ८२८ पृष्ठमा समेटिएका छन् । ४८ देशमा अल्वानिया, मोण्टेनेग्रो, टर्की, ग्रीस, मेक्सिको, रोमानिया, ईजिप्ट, पोर्तोरिको, केन्या, अमेरिका, भारत , बंगलादेश लगायत नेपालका ८ कविहरूका कविताहरू यस संकलनमासमाविष्ट छन् ।

मूलतः अंग्रेजी भाषामा लेखिएका तथा केही ॲंग्रेजी भाषामा लेखिएका कविताहरू पनि रहेको छन् ।

यस संकलनमा नेपाली कविहरू भीष्म उप्रेती, भावना पोखरेल, रन्जना निरौला, मोहन सिं साउद, पदम गौतम, रेनुका भट्ट, रूप सिं भण्डारीतथा गोविन्द गिरी प्रेरणा रहेका छन् ।

स्मरणीय छ, यो संकलनको पहिलो भागमा पनि केही नेपाली कविहरूले प्रतिनिधित्व गरेका थिए ।

यो संकलनका सम्पादक स्टेफान वोडान आफैं प्रतिष्ठित कवि हुन् र उनका कविता विश्वका कैयन् भाषामा अनुवाद भै प्रकाशित भएकाछन् ।

प्रतिक्रिया