विराटनगरमा फूटसल प्रतियोगिता

इनेप्लिज २०७८ पुष २६ गते २२:३४ मा प्रकाशित

विराटनगर,२६ पुस।युवाहरुको प्रतिभा प्रस्फुटन र मैत्रीपूर्ण भावनाको विकासका लागि यही पुस २८ गतेदेखि तीन दिने फुटसल प्रतियोगिता यहाँ हुने भएको छ।

लियो क्लव अफ विराटनगर सेन्ट्रल मेघाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लियो डिस्ट्रिक ३१२५ एवन अन्तर्गत मोरङ,सुनसरी र झापाका विभिन्न १६ लियो क्लव वीच ‘तेश्रो इन्टर लियो रनिङ शिल्ड फुटसल कप –२०२२ प्रतियोगिता हुने जानकारी अध्यक्ष सुनिल यादवले जानकारी दिनु भयो।

विराटनगरका–३ स्थित स्र्पोट हवमा हुने प्रतियोगितामा १८ देखि ३० वर्ष युवाहरुवीच नक आउटको आधारमा हुने छ।

प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार र दोश्रो हुने १० हजार नगदका साथै शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ।

प्रतिक्रिया