अध्यावधिक गरिएको : ब्राजिलमा ४ वटा डुङ्गा माथि ठूलो ढुङ्गा खस्दा कम्तीमा १० जनाको मृत्यु, २ जना अझै अस्पताल भर्ना

इनेप्लिज २०७८ पुष २५ गते २१:०५ मा प्रकाशित

ब्राजिलको मिनास जेराइस राज्यमा गत शनिबार ४ वटा पर्यटक डुङ्गामाथि ठूलो चट्टान खस्दा कम्तिमा १० जनाको मृत्यु भएको राज्य दमकल विभागका अधिकारीहरूले बताएका छन्।

गत शनिबार साँझ डुङ्गाहरूमा ठुलो चट्टान (ढुङ्गा) खसेपछि करिब ३२ जना घाइते भएका र २० जना बेपत्ता रहेको ब्राजिलको सरकारी सञ्चारमाध्यम एजेन्सिया ब्राजिलले जनाएको थियो ।

दक्षिणपूर्वी ब्राजिलको भूपरिवेष्ठित राज्य मिनास जेराइसका गभर्नर रोमेउ जेमाका अनुसार भारी वर्षाका कारण क्यापिटोलियोको फर्नास तालमा चट्टान खसेको बताएका थिए । उक्त घटना दिउसो १२:३० बजे घटेको थियो भनि एबिसीन्यूजले समाचार अध्यावधिक गरेको छ ।

मिनास जेराइस अग्नि विभागका अनुसार मृतक मध्ये एक जना ६८ वर्षीय जुलियो बोर्जेस एन्टुनेस भएको पुष्टि भएको छ। अन्य पीडितहरुको नाम भने खुलाइएको छैन । डुंगामा सवार सबै पर्यटक ब्राजिल कै भएका अधिकारीहरुले बताएका छन् ।

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले सामाजिक संजाल श्रब्य दृश्य (भिडियो)मार्फत ट्वीट गर्दै नौसेनाले खोज र उद्धार कार्यमा संलग्न हुन राहत बल टोली खटाएको बताएका थिए ।

प्रतिक्रिया