पृथ्वी जयन्ती र एकता दिवस

बीरकाजी बस्नेत २०७८ पुष २५ गते १७:१२ मा प्रकाशित

संसारमा हरेक राष्ट्रहरुको उत्पती वा निर्माणको आ-आफ्नै एैतीहांसिक पृष्‍ठभुमी रहने गर्दछ । नेपाली राज्य निर्माणको पनि आफ्नै ईतिहास छ । दक्षिण एसियाको अत्यन्तै प्राचिन र स्वतन्त्र अस्तित्व कायम रहिरहेको मुलुक नेपाल मात्र हो । संसार भरिका मुलुकहरु उपनिबेशबादिहरुको नियन्त्रणमा रहदा पनि यसले आफ्नो सार्भभौमिकता अक्ष्युण राख्न सफल हुनुका सा-साथै उपनिबेश नबनेका थोरै मुलुकहरु भित्र यो देश पनि पर्दछ । ईतिहासका बिभिन्न कालखण्डमा यो कहिले बिशाल बन्न पुग्यो र कहिले खुम्चन पुग्यो ।

पछील्लो समय पृथ्वी नारायण शाहको नेत्रित्वमा एकिकरण अभियान सुरु भएर करिब ७२ बर्ष यसले आफ्नो आकार बिशाल बनाएको थियो । राष्ट्र निर्माणको यस् महान अभियानलाई हाल आएर केही कथित बुद्धिजिबिहरु साम्राज्यबाद हो भन्न पुगेका छन । तर यो साम्राज्यबाद नभएर नेपाल राष्ट्रको पुन एकिकरण नै थियो भन्ने कुरा ऐतिहासिक तथ्यले पुस्टी गरेको छ । कतिले २४० बर्ष देखिको खस आर्यको बर्चस्वको रुपमा पनि यसलाई अर्थ लगाउने गरेका छन । यस्ता बुद्धिजिबी भनिनेहरु २४० बर्ष भन्दा अघिको ईतिहास तिर जान चहादैनन । सर्बप्रथम राजा मानदेवको समयको चांगु नारायणको शिलालेखमा उनको राज्य पूर्वमा ब्रम्हपुत्र (कसैले कोशी पनि भनेका छन ) र पश्चिममा गण्डकी पारी मल्लपुरी सम्म फैलिएको थियो भनी उल्लेख छ । त्यस्तै राजा चन्द्रगुप्त मौर्यको समयको भनिएको प्रयागमा रहेको शिलालेखमा उसको छिमेकी नेपाल पूर्वमा कामारु कामाख्य देखी पश्चिम काश्मिर सम्म रहेको उल्लेख छ । रजतरणगिणिमा उल्लेख भए अनुसार काश्मिरका राजा जयपिड नेपाल आक्रमण गर्न आएको र नेपालका राजा अरिमुड्डिले काली गण्डकी नदिको पानी थुनी उनको फौज तर्ने बेलामा बांध खोली बगाएर काश्मिरी फौजलाई हराएर पठाएको कुरा उल्लेख छ । इतिहासमा अहिलेको जत्रो आकारको नेपाल थियो भनी ईतिहास संशोधन मण्डलका दिनेशराज पन्तले उल्लेख गर्नु भएको छ । मध्यकालमा नेपाल तीन वटा बिशाल छेत्रमा टुक्रिएकोमा केन्द्र (काठमान्डौ ) शासित नेपाल राज्य , कर्णटक बंशी शासित सिम्रौन गढ राजधानी रहेको डोय राज्य र खस (नाग राजाहरु ) शासक शासित कर्णालीको जुम्लाको सिंजालाई राजधानी बनाएर खस राज्य कायम भएको थियो । खस राज्यको उत्कर्सको समयमा यसको सिमाना पूर्वमा गण्डकी नदी देखी पश्चिममा गढ्वाल सम्म र उत्तरमा कैलाश मानसरोबर सम्म फैलिएको उल्लेख छ । त्यस्तै दक्षिण तिरको सिमाना गंगा सम्म फैलिएको थियो । मल्लकालिन राजा यक्ष्य मल्लको कार्यकाल पस्चात उनको राज्य छोराहरुमा अंश भाग लगाएको ले काठमाडौं उपत्यका भित्र नै पनि काठमाडौं पाटन र भक्तपुर गरी तीन राज्यमा बिभक्त भएको थियो । यस्तै गरी थुप्रै भुरे टाकुरे राज्यहरु (बाइसे चौबिसे ) खडा हुन पुगी आपसी लडाईं झगडा गरिरहन्थे र कमजोर थिए । यही बेलामा दक्षिण तिर इस्ट ईन्डिया कम्पनिको नाममा कहिले घाम नअस्ताउने भनिएको ब्रिटिश साम्राज्य उर्लेर बढी रहेको थियो । यसरी टुक्रा टुक्रा भएका राज्यहरुलाई सजिलै निल्ने अवस्था थियो ।

यसरी टुक्रा टुक्रा हुन पुगेका राज्यलाई पृथ्वी नारायण शाहले पुन एकिकरणको सुरुवात गरेका हुन जसका कारण आज हामी स्वतन्त्र नेपालका नागरिक हुन पुगेका छौ । उनको एकिकरणको अभियानमा किर्तिपुर माथिको हमलालाई लिएर धेरै अनर्गल र एक पछीय प्रचार गर्ने काम आज पनि भइ रहेको छ त्यसको केही समिक्षा गरौ । बिशेष गरी काठमाडौं बाट क्रिस्चियन पादरी हरु धर्म प्रचार र जासुसीमा संलग्न भएकाले निकालिए । यसको प्रतिसोधमा उनिहरुले किर्तिपुरेको १७ धार्नी नाक काटेको अफहा फैलाए । यस् कुरालाई त्यो बेला किर्तिपुरमा रहेको जनसंख्या अनी नाकको तौल १७ धार्नीको रेकर्ड राख्ने कुन ईतिहासकार हो भनी विश्लेषण गर्नु पर्छ । यता किर्तिपुरेको तर्फबाट सेनापती कालु पांडे मारिएको अनी उनका भाई सुर प्रताप शाहको आंखा फोडिदिएको र किर्तिपुर नियन्त्रणमा लिए पछी सुती रहेका सैनिकहरुको हत्या गरिदिएको कुरालाई ओझेलमा पारीएको छ । त्यसरी हत्या गर्नेहरु केहीको नाक काटिएको उल्लेख छ । किर्तिपुरे लडी रहदा कान्तिपुरे ,पाटने र भक्तपुरे सहयोग गर्न नआएर रमिता हेरेको कुरा आफ्नो ठाउमा छ । आजकाल नाक काटेको निहुमा पृथ्वी जयन्तिको दिन थुक्न जाने बुज्रुक पनि फेला पर्न थालेका छन । भोली तिनिहरुको मृत्‍यु पस्चात राखिएको समाधीस्थलमा कसैले राष्ट्र निर्माणकर्ता माथि थुक्ने देश द्रोहिहरुको स्थल हो भनी दिशा पिशाब गरिदिए भने अचम्म मान्नु नपर्ने हुन सक्छ ।

एकिकरण अभियानमा सबैको सहयोग लिएर बिजय प्राप्त गरिसके पछी पनि त्यसलाई स्थाईत्व दिनु पर्ने चुनौती थियो । त्यस्तै आर्जेको राज्यलाई भाई भाईमा अंशबण्डा नगरि सग्लो रुपमा पुस्ता हस्तारण गर्नु थियो । त्यस्तै हारेका राज्यहरुले आफ्नो राज्य फिर्ता गर्न बिदेशी सँग सैन्य सहायता मागेर गर्न खोजेको बिद्रोह असफल पार्नु पर्ने थियो । यसै क्रममा मकवानपुरका राजा दिघबन्धन सेनलाई हराएपछी उनी बंगालका नबाब मिर कासिम सँग सैन्य सहायता माग्न पुगे । मिर कासिमले सेनापती गुर्गिन खांको नेत्रित्वमा बिशाल फौज गोर्खाली बिरुद्ध लड्न पठाए । यसरी बंगालको बिशाल फौजलाई पनि गोर्खालिले हराएकाले एकिकरण अभियानले निरन्तरता पायो । नुवाकोट बिजय गरेको २४ बर्ष पछी मात्र काठमाडौं बिजय हुन सकेको थियो । त्यसमाथि पनि तत्कालिन कान्तिपुरे राजा जय प्रकाश मल्लले आफ्नो राज्य जोगाउन अंग्रेज सँग मागेको सहायताको लागि दलबल सहित कप्तान किनलोकको नेत्रित्वमा आएको फौजलाई गोर्खालिले सिन्धुली गढिमा नहराएको भए एकिकरणको अभियान रोकिन पनि सक्थ्यो र आजको नेपाल नबन्न पनि सक्थ्यो । यस्तो अभियान गोर्खा बाट पृथ्वी नारायण शाहको सट्टा जय प्रकाश मल्ल वा दिघबन्धन सेन वा बुद्धिकर्ण राइ जसले गरेको भए पनि उत्तिकै प्रशंसनिय कार्य हुने थियो । तर ६२। ६३ सालको राजनितिक परिवर्तन पस्चात अग्रमनको नाममा ईतिहासका सबै कुरालाई तिरस्कार गर्ने क्रममा पृथ्वीवीनरायण शाहलाई पनि कोपभाजनमा पारीयो र उनका सालीकहरु ढाल्ने काम गरियो । पृथ्वीवीनारायण शाहले गरेको कार्यको बिरोध गर्नु भनेको अहिलेको नेपालको अस्तित्व नै स्वयिकार नगर्नु हो । के बर्तमानको नेपाल कसैलाई नचाहिएको होर ?स्वयम पृथ्वीवीनारायण शाह कुन बंशका थिए भन्ने कुरामा पनि अनेक थरी भ्रान्ती छर्ने काम भएको छ । कसैले उनलाई मगर बंशका थिए भनेका छन भने कसैले खान्चा खानका सन्तान भएकाले मुस्लिम थिए भनी न्वारान गरेका छन । एकथरी बुज्रुक उनले असली हिन्दूस्थाना त नेपाल पो रहेछ भनेको कुरालाई हिन्दूकरण गरिदिए भन्ने अर्थ लगाउछन तर ४ जात ३६ बर्णको साझा फुलबारी भनेको कुरा उल्लेख गर्न चाहादैनन । कसैले त ईरानमा शाहहरु हुनेहुनाले त्यतै बाट आएको भन्न सम्म भ्याएका छन । हामीले बिना पूर्बाग्रह ईतिहास अनी ईतिहासका पात्रहरुको बस्तुगत मुल्याकन गर्नु पर्ने हुन्छ।

केही बुद्धिजिबी हरुले पृथ्वीविनारायण शाहलाई एकिकरणको श्रेय दिने हो भने ईन्डियामा अंग्रेजहरुलाई एकिकरण कर्ताको रुपमा सम्मान गर्नु पर्ने हुन्छ भनि तर्क गर्छन् । यहाँनिर बुद्धिजिबी भन्ने हरु समुद्र गुप्तको समय र सम्राट अशोकको समयको ईन्डियालाई सम्झन्छन न लिच्छवी र मल्लकालको नेपालको भुगोललाई सम्झन्छन । नबुझ्नु त एउटा कुरा भयो तर बुझेर पनि अपव्याख्या गर्ने बौधिकहरु यो देशका खतरनाक झुण्ड हुन । संसारका सबै देशको निर्माण जसरी पृथ्वीवीनारायण शाहले नेपालको निर्माण गरे त्यसरी नै भएको छ । इटालिको निर्माण गारीबाल्डी ,जर्मनिको बिस्मार्क ,रुशको पिटर द ग्रेट र बर्तमान अमेरिकाको जर्ज वाशिङ्टनले गरेका हुन तर उनिहरुलाई सम्बन्धित देशहरुले राष्ट्रपिताको रुपमा सम्मान गर्दछन । हामी अहिले अल्पसंख्यक धार्मिक मतालम्बिहरुको पर्बमा महत्वका साथ बिदा दिन राजी छौ तर राष्ट्र निर्माताको जयन्ती हाम्रो लागि महत्वहिन भएको छ ।

यो देशको निर्माण गरेको मात्र नभै बिशाल साम्राज्य अंग्रेजले पांच ठाउँ बाट आक्रमण गरी अस्त्तित्व नामेट गर्न खोजेको थियो । उक्त आक्रमणको बिरतापुर्बक २ बर्ष सम्म लडेर प्रतिरक्षा गरेको कारणले पनि सार्बभौमिक निरन्तरता पाएको हो । यती गर्दा पनि मेची पूर्व टिस्टासम्म र महाकाली पश्चिम राबी नदी सम्मको भुभाग सदाको लागि गुम्न पुग्यो । यसरी देश निर्माण र रक्षाको लागि बलिदान गरेका पुर्खालाई योगदानको सम्मान गर्न सक्नु पर्छ । देश भए मात्र जस्तो जस्तो राजनितिक ब्यबस्था परिबर्तन गर्दा पनि हुन्छ तर बिना देशको राजनीति के मा गर्ने हो ? देश नहुदाको वा देश बिहिन हुनुको पिडा कस्तो हुन्छ भन्ने कुरा प्यालेस्टानी हरु बाट थाहा पाउनु पर्छ र देश र अस्तित्व जोगाइ राख्न कतिको बलिदान आबस्यक पर्छ भन्ने कुरा इस्रायिली बाट सिक्नु जरुरी छ । हामीले भुटानी शरणार्थिको पिडा पनि देखेकै छौ । हामी सबैमा सदबुद्धी पलाओस । जय राष्ट्रनिर्माता ।।।

बीरकाजी बस्नेत

प्रतिक्रिया