प्रिय मित्र
अमिट अटूट संझना।
धेरै समय भाे हाम्रा कुराकानी नभएको । अहिले तिमी सत्तामा छौँ । हिजो तिमी जेलनेल र कैदीको मानो लिएर देश र जनताको लागि रगत बगाउने तिम्रो सोच कति महान् थियो । सोचेको पनि थिईन तिमी यत्ति निच र पतित हुन्छौं भनेर । देशको गौरव ख्याति र प्रतिष्ठा गुम्दै गएको देख्दा अति दुःखित छु ।
तिमी र तिम्रा सहकर्मीहरूले विभिन्न दलगत स्वार्थ मा रहेर देशकाे ढीकुटी तहस नहस गर्न बाँकी राखेनौ । देशले होनहार युवा शक्ति गुमाएको छ तिमीलाई के थाहा ? हरेकवर्ष रातो बाकसमा सयौ नेपाली फर्कनु कस्तो बिडम्बना ? यसको मुख्य दोषी को होला ? भन्देउन मित्र। तिम्रो शहरमा हाम्रो समाजमा धेरै गुनासो आइरहेको छ त्यो हो एम सी सी को दबाव ।
हामी साथी भएका रहेछौ जेल हुँदा पनि कृष्ण सेन इच्छुक । कृष्ण प्रसाद अधिकारी भएर तर हाम्रो बलिदान भयो तर तिमी कुन दुलोबाट भाग्यौ । आज सम्म तिमीहरू नै सत्ता र सडक मा राजनीति गर्यौं । भाषण र नारा चर्का थिए ब्यबहार नाटकीय बन्दै गए।देश जर्जर र कम्जोर हुँदै गयो । मलाई संतोष लागेको छ। किनकि अहिले जनताबाट निर्वाचित भए पनि वर्तमान अवस्थामाहुँदै गएका छौ ।यो तिम्रो कर्मको फल हो मित्र । समय छ रोकिएका कामहरू पूरा गर । जनताको नजीक पुग्ने बाटो खोज। परदेशिएका नेपालीको यथार्थ बुझेर स्वदेश मै रोजगारको अवसर मिलाउनेकोशिश गर मित्र। युवाहरु पलायन हुनबाट जोगाउने बेला आएको छ । छिमेकी हरुको चर्तिकला कस्तो छ कहिले हेरेका छौं ।
मित्र तिमीसंग देशकाे मुक्ति आन्दोलनमा भिडेका जिवन्त यथार्थ यादहरु मेरो डायरीमा कोरेको छु ।हो मित्र तिम्रो कारण म देशमा रम्न सकिनँ र परदेशी बने मेरो सृजनामा देश रोएको देख्न नपरोस् भन्थेँ झन तिमीलाई देखे पछि मलाई नै आत्मग्लानीको जिवन्त्त पिडा मेरो सृजनामा देखिन्थ्यो ।
हामी आन्दोलनमा उत्रेको बेला मेरा कैयौ मित्रले सहादत प्राप्त गर्नु भएको थियो । म पनि मृत्युको मुखमा परेर पनि बाँचे । जिउँदो शहीद बन्न पुगेकाे हुँ तिमी कायर् बनेर भाग्यौ मेरा मित्र।
नजीक मेरो डायरी को पानामा तिम्रो तस्विर देखेँ पछि आज यो कुरा व्यक्त गर्न विवश हुन पुगेको छु र यो जिन्दगी तिमीलाई सम्झाउन मात्र यो पत्र लेखेको हुँ। मेरो कर्तब्यमा मेरो कलमले साथ दिई रहेको छ ।
मित्र तिमीसंग देशकाे तालाचाबी छ सत्ता र शक्तिको दुरुपयोग नगर्नू ।
एकदिन युगान्तकारी परिवर्तनको लागि जुझारु देशभक्त जन्म हुनेछ । उ महान् क्रांतिकारी हुनेछ समाजअलौकिक छलाङ ल्याउने तिम्रा कर्तुत र देशलाई अधोगतिमा लाने देशद्रोहीको नामेट गर्नेछ
मित्र त्यो समय आउँदैछ ।उ उज्यालो चम्किलो सूर्य को प्रचण्ड ज्योति झैं जोसिलो देखिने छ हो आज सम्म को सम्पूर्ण लेखापढी र हिसाबकिताब माग्नेछ ।
ऊ आए पछि युवाहरु पलायन हुने छैनन् मैले भविष्यबाणी गरेको छु मित्र ।
मेरो साहित्यिक यात्रामा जन्मिएको यो युगपुरुषले देश परदेश सम्म उसको नाम फैलिने छ । मेरो भेट होला नहोला तर उसले मेरो खोजी अवश्य गर्ने छ । तिमीलाई यो कुरा सम्झाएको छु सम्झि रहनू मित्र ।
अरु अर्काे पत्रमा तिमीलाई बताउला मेरो कुरा सम्झिनु है ।
तिम्रो मित्र
इन्द्रेणी शर्मा जलद
लन्डन बेलायत
प्रतिक्रिया