प्रचण्डहरु खाओवादी भए : किराँती (भिडियो सहित)

इनेप्लिज २०७८ पुष २५ गते ३:४७ मा प्रकाशित

काठमाडौं,२४ पुष।माओवादी कम्युनिष्ट पार्टी नेपालका संरक्षक गोपाल किराँतीले आफूहरु एकता र रुपान्तरणको प्रक्रियामा रहेको सुनाउँदै समाप्त नभएको स्पष्ट पारेका छन्।उनले आफूहरु माओवादीहरुको विचारको मूल प्रवाह भएको सुनाए।

उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले ल्याएको प्रतिवेदन खाओवादी खालको रहेको आरोप लगाए।हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले जनयुद्धदेखि संविधान जारी गर्दासम्म प्रचण्डको भूमिका निर्णायक रहेपनि अब भविष्यमा भने प्रचण्डको भूमिका नहुने टिप्पणी गरे।उनले प्रचण्डको प्रतिवेदन काल्पनिक समाजवादको कुरा गरिएको सुनाए।उनले प्रचण्डको प्रतिवेदनले झारफुकसम्म गर्ने तर शल्यक्रिया नगर्ने दाबी गरे।

प्रतिक्रिया