अमेरिका आउन चाहना राख्नु पनि एक प्रकारको लोभ किन हो ?

विजय थापा २०७८ पुष २५ गते १:४२ मा प्रकाशित

अमेरिका आउन चाहना राख्नु पनि एक प्रकारको लोभ हो l लोभ भएन भने मानिसले जीवनमा निकै कुराहरु गुमाउन पनि सक्दछ l मानिस स्वभावले लोभी हुन्छ l लोभी हुनु नकारात्मक हैन l अमेरिका आउन लोभ लाग्छ , अमेरिकाले लोभ्याउछ र यहाँ आए पछि मानिस लोभिन्छ l

पर्यायवाची शब्दमा लोभ्याउने भनेको सम्मोहक गर्ने र मोहनी लगाउने भन्ने बुझिन्छ l मानिसलाई धेरै कुरामा लोभ लाग्न सक्दछ l तर देशको चर्चा गर्नु पर्दा सपनाको देश र अवसरको भूमि अमेरिकाले सबैलाई मोहनी लगाउदछ l

अमेरिकालाई पाताल भनेको पनि सुनिन्छ । पृथ्वी गोलो छ यो ध्रुब सत्य हो l र ,यो गोलो पृथ्वीको जुन भागमा हाम्रो मुलुक छ र जहाँ हामी बस्छौँ, त्यसको ठ्याक्कै मुनि अमेरिका पर्छ ।

दिनको फरकको कारण नेपालमा दिन हुदा अमेरिकामा रात पर्छ। धर्मग्रन्थहरुमा मुनिको लोकलाई पाताल भन्ने गरिन्छ l र ,यस अर्थमा अमेरिकालाई पाताल नामाकरण गरिएको हुन सक्छ l

अमेरिकाको भूमिमा यस्तो चुम्बकीय शक्ति छ ,एक पटक त्यो चुम्बकले आफु तिर ताने पछि कोहि पनि हत्त पत्त उम्कन सक्दैन l नेपाल अब जान्छु , गै हाल्छु ,छिट्टै जान्छु ,अर्को साल जान्छु ,छोराछोरीको पढाई सकेर जान्छु , छोरा र नातिको बिबाह पछि जान्छु भन्ने थेगो धेरै सुनिन्छ l

अमेरिकाको भूमिमा यस्तो चुम्बकीय शक्ति छ ,एक पटक त्यो चुम्बकले आफु तिर ताने पछि कोहि पनि हत्त पत्त उम्कन सक्दैन l

नेपालमा राम्रो आम्दानी आय आर्जन भएका र आर्थिक सम्पन्न भएका व्यक्तिहरुको मुखबाट यस्ता शब्द सुनिन्छ तर बस्दै जादा त्यो शब्द हराउदै जान्छ l

अमेरिकामा व्यक्तिले सम्झौता गर्दै जान्छन किनभने मानिसले जे पनि प्राप्त गर्न सक्ने वातावरण र अवसर मिल्ने हुन्छ l काम गर्ने व्यक्तिलाई अमेरिकामा नेपाल जस्तो राजनीतिले छुदैन l त्यसैले अमेरिका प्रति माया बस्दै जान्छ र क्रमस स्थायी बसोबास गर्दै जान्छन l

अमेरिकाले ब्रह्माण्ड भरि यत्र तत्र छरिएर रहेका सबैलाई आफु तिर तानी रहेको हुन्छ l अमेरिकाको जति नै खोट देखे र नकारात्मक संज्ञा दिए पनि अधिकांसले आफ्नो जीवन चक्र अविरल रुपमा अगाडी बढाई रहेका हुन्छन l अमेरिकाको माया जालमा पर्दछन l

अमेरिकोको माटो यस्तो छ कि मानवको खुट्टा धर्तीमा पर्न साथ छोड्नै मन लाग्दैन l बिस्तारै यहीको माटोमा बस्न रुचाउछन l एक पटक यहाको हावापानी लागे पछि यतै बस्न मन लाग्न थाल्छ l अमेरिका आएका सबैमा यो कुरा लागु हुने भन्ने चाही कदापी हैन l

अमेरिकाबाट हजारौ हजार नेपाल फर्केका छन र फर्की रहन्छन l अमेरिका लोभ्याउने राष्ट्रमा अग्र पंक्तिमा आउछ l बालक देखि बृद्ध सम्म अधिकांसको अन्तिम ईक्षा अमेरिका आउने चाहना हुन्छ l बिद्यार्थीहरुमा अध्ययन गर्ने चाहना राख्ने गन्तब्य मुलुक नै अमेरिका पहिलो राष्ट्र पर्दछ l

अमेरिका लोभ्याउने राष्ट्रमा अग्र पंक्तिमा आउछ l बालक देखि बृद्ध सम्म अधिकांसको अन्तिम ईक्षा अमेरिका आउने चाहना हुन्छ l

सन्तानको उज्जवल भबिष्य तथा आफु स्वयम् को लागि पनि भबिष्यको खातिर अमेरिका छनौटमा पर्दछ l मानिस आर्थिक सम्पन्नता हुन् चाहना राख्दछ l जहाँ भबिष्य देख्दछ त्यहाँ पलायन हुन्छ l र ,यसको लागि अमेरिका नै सबै भन्दा उत्तम मुलुक बन्न पुगेको छ l

अमेरिका अवसरहरुको भुमि हो l र ,ईक्षा गरे सपना साकार हुन्छ l काम पुजा हो भन्ने सिद्धान्तमा चलेको हुन्छ l जो मेहनत गर्छ उसको भविष्य सुनिस्चित हुन्छ l

मानिस राष्ट्र भक्त र देश भक्त प्रति मरी मेट्ने भएता पनि अब मानिस अवसरको लागि ज्यादा राष्ट्र भक्तमा मात्र अल्मलिन चाहदैन l बिश्वब्यापीरुपमा आएको बसाई सराईको बाढीले नेपालीहरुको मानसिकतामा ठुलो परिवर्तन ल्याएको छ l पहिलो पुस्ताका अमेरिका छिरेकालाई देशको मायाले भतभत पोल्छ किनभने जीवनको स्वर्णिम कालखण्ड आफ्नो देशमा बिताएका हुन्छन तर दोश्रो पुस्तालाई यस्ता कुराले छुदैन l

अमेरिकाको नीति र पद्धतिले गर्दा परिवारलाई समेत संगै बस्ने कानुन निर्माण गरि दिएकोले यो लोभले गर्दा पनि अमेरिका प्रिय देश बन्न पुगेको छ l

अमेरिकाका विभिन्न शहर ,टोल ,छर छिमेकिहरुमा नेपाली समुदायको जन घनत्व वृद्धिको कारण नेपालको टोल जस्तो हुन् थालेकोले मानिस रमाउन थाल्नको कारण अमेरिका भए पनि स्वदेश जस्तै वातावरण हुन् थालेकोले यहाँ बस्न मन लाग्न थालेको छ l

कमाई चखाईले गर्दा कुनै पनि उमेरका पुरुष या महिलाको मृग तृष्णा मेटाई दिन्छ l जुन सम्भव नेपालमा हुदैन l तर यहाँ अवसर पाइने सम्भावना हुन्छ l जीवन भर काम नगरेको नगरेको व्यक्ति यहाँ आर्थिक सम्पन्न हुदै जादा मन अडिन सुरु भै सकेको छ l र ,यहि कारणले मानिस यहाँ लोभिन्छ l

अध्ययन पछि अमेरिका छोडी नेपाल फर्कनेको संख्या पनि निकै छ l तर अमेरिकामा पद्धति ,अवसर ,वातावरण ,सुबिधा र सुरक्षा रामो भएकोले मानिसलाई पूर्ण मोहनी लगाई दिन्छ l र ,उज्जवलमय भबिष्य हुने अवस्था रहेकोले अधिकांसले अमेरिका छोडी मात्रीभुमि चट्ट फर्कन कोसिस गर्दैनन l र अवकास जीवन पछिको क्षण यहाँ सुरक्षित लाग्दछ अनि यसरी नै यो देश प्रति श्रद्धा बढ्दै जान्छ l जन्म थलो नभए पनि कर्म थलो भनि स्वीकार गर्दै जादा मोह बढ्दै जादा अमेरिका उत्तम लाग्दै जान्छ l

जीवन भर काम नगरेको नगरेको व्यक्ति यहाँ आर्थिक सम्पन्न हुदै जादा मन अडिन सुरु भै सकेको छ l र ,यहि कारणले मानिस यहाँ लोभिन्छ l

अमेरिका अहिले उहिले उहिलेको जस्तो छैन l कुनै कुनै ठाउँमा नेपाली वस्ती वाक्लो हुदा सानो नेपाल जस्तो पनि घरि घरि देखिन खोज्दछ र यसले पनि नेपाली समुदायलाई लोभ्याउदछ l

कुन देश र कहाँ जन्मेको भन्ने कुरा अमेरिकामा गौण हुन्छ l सबैले समान अवसर पाउदछ्न l सरल जीवन पाउने भै सकेका छन् l अमेरिकाले प्रदान गरेको अवसर र मौका दिएको कारण अमेरिकाको चुम्बकीय शक्तिले नेपालीलाई पनि तानेको तानै गर्छ l

उम्किन खोज्दा पनि अमेरिकाले मोहनी लगाएको लगायै गर्छ l र मातृ भूमि फर्कन खोज्दा पनि सबैलाई लोभ्याएको लोभ्यायै गर्छ l

अमेरिकाको भौतिक सुख सुबिधाले आकर्षित गरेको गरै हुन्छ l मातृ भुमि जाउ भन्दा पनि आखिर अमेरिकामा भासिएको भासियै हुन्छ l

तर जे भएता पनि ……जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी……………..

विजय थापा

ईनेप्लिजका सम्पादक हुन । उनका थुप्रै थुप्रै लेखहरु ईनेप्लिजमा प्रकाशित भएका छन । हरेक दिन अमेरिकी मूलधार,सामुदायिक र बिश्व समाचारहरु निरन्तर र अविरल रुपमा लेखि रहन्छन ।

प्रतिक्रिया