ब्राजिलमा ३ वटा डुङ्गा माथि ठूलो ढुङ्गा खस्दा कम्तीमा ६ जनाको मृत्यु, २० जना बेपत्ता

इनेप्लिज २०७८ पुष २५ गते १:०२ मा प्रकाशित

ब्राजिलको मिनास जेराइस राज्यमा शनिबार तीनवटा पर्यटक डुङ्गामाथि ठूलो चट्टान खस्दा कम्तिमा छ जनाको मृत्यु भएको राज्य दमकल विभागका अधिकारीहरूले बताएका छन्।

डुङ्गाहरूमा ठुलो चट्टान (ढुङ्गा) खसेपछि करिब ३२ जना घाइते भएका र २० जना बेपत्ता रहेको ब्राजिलको सरकारी सञ्चारमाध्यम एजेन्सिया ब्राजिलले जनाएको छ ।

अधिकारीहरूले घटनाको अनुसन्धान गर्दा नौ जनालाई नजिकैको अस्पतालमा लगिएको छ ।

दक्षिणपूर्वी ब्राजिलको भूपरिवेष्ठित राज्य मिनास जेराइसका गभर्नर रोमेउ जेमाका अनुसार भारी वर्षाका कारण क्यापिटोलियोको फर्नास तालमा चट्टान खसेको थियो भनि सिएनएनले समाचार लेखेको छ ।

जेमाले सामाजिक संजाल ट्वीटरमा “म यो कठिन समयमा परिवारसँग ऐक्यबद्धतामा उभिन्छु।” “हामी आवश्यक सुरक्षा र समर्थन प्रदान गर्न कार्य जारी राख्नेछौं।” भनि लेखेका छन ।

मिनास जेराइस दमकल विभागका मुख्य सेनाध्यक्ष डगार्ड एस्टेभोले पत्रकार सम्मेलनमा भने कि बेपत्ता व्यक्तिहरूको खोजी जारी रहनेछ तर गोताखोरहरूले उनीहरूको सुरक्षाको लागि रातभर खोजी रोक्नेछन्।

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले सामाजिक संजाल श्रब्य दृश्य (भिडियो)मार्फत ट्वीट गर्दै नौसेनाले खोज र उद्धार कार्यमा संलग्न हुन राहत बल टोली खटाएको बताए।

प्रतिक्रिया