बिश्व कै शीर्ष टेनिस खेलाडी जोकोभिचले अस्ट्रेलियाको अतिथि गृहको थुनाबाट अर्को ठाउँमा सार्न अनुरोध

इनेप्लिज २०७८ पुष २४ गते १७:१९ मा प्रकाशित

बिश्व कै शीर्ष टेनिस खेलाडी नोभाक जोकोभिचले अस्ट्रेलियाको अतिथि गृहको नजरबन्द(होटल डिटेन्सन) बाट अर्को ठाउँमा सार्न अनुरोध गरेको उनका वकिलहरुले जनाएका छन् ।

जोकोभिचले अष्ट्रेलियन खुला प्रतियोगिता अघि “थप उपयुक्त थुनामा राख्ने ठाउँ” मा सार्न बारम्बार अनुरोध गरेको शनिबार प्रकाशित अदालतका कागजातहरूले खुलासा गरे।

जोकोभिचका वकिलहरूले २० पटकको बृहत ग्रान्ड स्लाम च्याम्पियन(बर्षमा ४ पटक महत्वपूर्ण प्रतियोगिता खेल जित्ने खेलाडी )ले आफ्नो विचाराधीन कानुनी मुद्दाको नतिजाको प्रतीक्षा गर्दै गर्दा उनले अष्ट्रेलियाली टेनिस खुला प्रतियोगिताका लागि तालिम र सर्तका लागि सक्षम हुने थुनुवाको थप उपयुक्त स्थानमा सार्न धेरै पटक अनुरोध गरेको बताए।

अस्ट्रेलिया प्रवेश गर्नको लागि आफ्नो अस्थायी प्रवेशआज्ञा (भिसा )रद्ध गरे पछि जोकोभिचलाई गत बिहीबारदेखि पार्क होटल अल्टरनेटिभ प्लेस अफ डिटेन्सन (एपीओडी-हिरासतको वैकल्पिक स्थान ) मा अस्थायी रूपमा राखिएको छ।

जोकोभिकलाई टेनिस अस्ट्रेलियाले अस्ट्रेलियन खुला टेनिस प्रतियोगितामा खोप नलिई प्रतिस्पर्धा गर्न चिकित्सा छुट दिएको थियो भनि सिएनएनले समाचार लेखेको छ ।

“उनी भर्खरै कोभिड बाट निको भएको आधारमा,” उनका वकिलहरूले शनिबार अदालतमा पेस गरे। शनिबार प्रकाशित नयाँ अदालती कागजातहरूले डिसेम्बर २०२१ मा जोकोभिचलाई कोभिड भएको खुलासा गरेको थियो।

प्रतिक्रिया