नयाँ शक्तिको आग्रह नेपाली भुमि बचाउ ।

इनेप्लिज २०७८ पुष २४ गते १२:०३ मा प्रकाशित
काठमाडौं – नयाँ शक्ति पार्टीले नेपाली भुमि अतिक्रमण रोक्न सरकारलाई आग्रह गरेको छ ।
भारतको उत्तराखण्डको हल्दवानीमा एक साताअघि चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले तिब्बतको मानसरोवर जाने लिपुलेक सडकको विस्तार कार्य भइरहेको बताएका थिए । लिपुलेख नेपाली भुमि हो ।
शनिबार एक प्रेस वक्तव्य जारी गर्दै नयाँ शक्तिले नेपाली भुमि अतिक्रमण गरी पुर्वाधार खडा गरेर भारतले नेपालको स्वतन्त्रता र सार्वभौमसत्ता माथि नाङ्गो प्रहार गरेको आरोप लगाएका छन् ।
सबै राजनैतिक दलहरूको सहमति र आम नागरिकको चाहाना बमोजिम नेपाल सरकारले नयाँ नक्सा जारी गरेपनि  हाम्रो भुमिमा भारतको उपस्तिथि रहदै आउनु लज्जाको विषय रहेको नयाँ शक्तिले बताएको छ ।
नयाँ शक्तिका संयोजक रवि किरण हमाल द्वारा जारी वक्तव्यमा सरकारलाई तत्काल उच्चस्तरमा वार्ता गरेर समस्या हल गर्न आग्रह गरिएको छ । किरणले उक्त क्षेत्रमा  नेपाली सेनाको उपस्थिति रहनुपर्ने माग समेत गरेका छन् ।

प्रतिक्रिया