म त भुलेछु मायालु तिम्रो मायाको कहानिमा
ढलेको छु म मायालु तिम्रो न्यानो काखमा
तिमि आउने भनि आमाले हेरीरहन्थिन बाटोमा
खुसि साथ बसेकि छौ क्यारे त्यो तिम्रो घरमा
तिम्रो फोटो हेरि बस्थिन आमा सधै घरको कौसिमा
म त भुलेछु मायालु तिम्रो मायाको कहानिमा
तिमिलाई भेटन पाईन मैले तिम्रो त्यो गाउँमा
भेटौला भनि बस्थे बाटोको त्यो चौतारिमा
तिम्रो नाममा पत्र कोरी पठाउ कि तिम्रो घरमा
म त भुलेछु मायालु तिम्रो मायाको कहानिमा
सबैको आशा थियो तिमि फर्कि आउछौ कि भनेर
यो दुनियामा तिमिले मेरो घरबार बनाउछौ कि भनेर
कति दिन बिते कति रात बिते तिमि आउने आशामा
म त भुलेछु मायालु तिम्रो मायाको कहानिमा
गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल डोटी ,नेपाल
प्रतिक्रिया