मोरङ व्यापार संघको सदस्य निर्वाचन सम्पन्न

इनेप्लिज २०७८ पुष २१ गते १०:५५ मा प्रकाशित

 

विराटनगर,२१ पुस।मोरङ व्यापार संघको ३३औं कार्यकारिणी समितिको सदस्य पदको निर्वाचन सम्पन्न भएको छ।

संघको ३३ औं कार्यकारिणी समितिको सदस्य पदको मङ्गलवार साँझसम्ममा निर्वाचनमा उम्मेदवारहरुको नामावली उपर कुनै दावी विरोध उम्मेदवारी फिर्ता नलिएको तथा संघको विधान,नियमावली अनुसारको वाणिज्य तर्फ आठ जना र उद्योग तर्फ आठ जना सदस्यहरुको मात्र उम्मेदवारी दर्ता भएकाले निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ।

निर्वाचनमा वाणिज्य तर्फका उम्मेदवारहरु देवाशिष गोल्छा,मनिष मारु, श्याम राठी,संजय श्रेष्ठ,अनिल कुमार साह,विनित सिंघानियां,सुशिल सुराना र राजेश अग्रवाल निर्विरोध निर्वाचित हुनु भएको छ।

यस्तै उद्योग तर्फका उम्मेदवारहरु नवीन रिजाल,आशिष जाजु,दिपेश सुवेदी,अमित सारडा,अनुपम राठी,विकासकुमार बेगवानी,पवन राठी र अनिल सारडा निर्विरोध निर्वाचित हुनु भएको छ।

प्रतिक्रिया