ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारो साओ पाउलोको अस्पतालमा भर्ना भएका छन् । बोल्सोनारोलाई आन्द्राको संदिग्ध अवरोधका भएकोले सोमबार बिहान साओ पाउलो अस्पताल लागिएको संचार माध्यमले जनाएका छन् ।
बोल्सोनारो तटमा नयाँ वर्षको विश्रामबाट राती ब्राजिलको राजधानी फर्किए पछि उनलाई तुरुन्तै अविला नोभा स्टार नामक अस्पतालमा लगिएको छ । संचार माध्यम ग्लोबोले बोल्सोनारोका चिकित्सक एन्टोनियो लुइज म्यासेडोलाई उद्धृत गर्दै बोल्सोनारोको पेट दुखेको बताए।
म्यासेडोले २०१८ मा एक राजनीतिक र्यालीमा छुरा प्रहार गरेपछि बोल्सोनारोमाथि शल्य क्रिया गरेका थिए ।ग्लोबोका अनुसार म्यासेडो बहामासमा छुट्टीमा थिए र बोल्सोनारोलाई भेट्न ब्राजिल फर्कने उडानको लागि पर्खिरहेका थिए ।
२०१८ को राष्ट्रपति चुनावमा छुरा प्रहार गरेदेखि बोल्सोनारोले धेरै पटक पेटको शल्यक्रिया गरेका छन्।
गत जुलाईमा उनलाई बाडुलीको गम्भीर अवस्थाका कारण अस्पताल भर्ना गरिएको थियो भनि एबिसी७ न्युजले समाचार लेखेको छ ।
प्रतिक्रिया