तिम्रो माया मन भरी बिर्सनु……………………

गोबिन्द राज ओझा (राजन) २०७८ पुष १९ गते ११:५८ मा प्रकाशित

तिम्रो माया मन भरी बिर्सनु मैले कसरी
यादमा यो मन रुन्छ बाच्नु मैले कसरी

तिमिलाई खोज्न मेरा पाईलाहरु सर्दछन सधै
रुवाई गयौ बिछोडको पिडा दिएर यसै
तिमि नै हौ मेरो साहरा मन बुझाउने कसरी
तिम्रो यादमा म रोएछु एकान्तमा बेस्सरी

लामो लामो केश तिम्रो भुई तल झरी गएछ
तिम्रो तस्विर मेरो आखा अगाडी सधै आईरहेछ
तिम्रो गाउको बाटो थाहा छैन म भेटु कसरी
तडपडाई दिन्छ तिम्रो यादले म बाचु कसरी

 

गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका वडा नं.२ दिपायल डोटी

प्रतिक्रिया