सुडानका प्रधानमन्त्रीले कूविरुद्धको हिंसात्मक प्रदर्शनमा कम्तीमा ५७ जनाको ज्यान गए पछि राजीनामा दिएका छन् ।
सुडानका प्रधानमन्त्री अब्दल्ला हमडोकले प्रधानमन्त्री कार्यालयको पुष्टि गरिएको युट्युब खातामा आइतवार प्रकाशन गरिएको भिडियो (श्रव्यदृश्य )अनुसार उनले राजिनामा दिएका छन् ।
राजधानी नजिकै आइतवारको विद्रोह विरोधी प्रदर्शनका क्रममा सुडानी सुरक्षा बलहरूले तीन प्रदर्शनकारीको हत्या गरेपछि यो घोषणा आएको नागरिक-सम्बन्धित सुडानी केन्द्रीय चिकित्सक समितिले बताएको छ ।
दुई जना प्रदर्शनकारीलाई छातीमा गोली लागेको थियो भने तेस्रोको “सिधै टाउकोमा हिंस्रक चोट लागेर मृत्यु भएको थियो,” एससिडिसीले जनाएको छ
विभिन्न समाचार माध्यमहरू र सामाजिक संजालमा प्रकाशन भएका श्रब्यदृश्य (भिडियो)हरूले प्रदर्शनकारीहरूको समूहलाई सेतो अश्रु ग्यासको धुवाँबाट दौडिरहेको र बन्दुकको आवाजबाट तितरबितर भएको देखाइएको छ भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।
सरकारले अन्तर्जाल (इन्टरनेट) र मोबाइल फोन(भ्रमणध्वनिको अन्तर्जाल) बन्द भएपछि प्रदर्शनकारीहरू आक्रोसित भएका थिए भनि सिएनएनले समाचार लेखेको छ ।
खार्तूमको लगभग २५ किलोमिटर (१६ माईल) उत्तरपश्चिममा रहेको ओमदुरमानमा आइतवारको विरोध प्रदर्शन अक्टोबर २५ यता सैनिक शासनविरुद्ध भएको जनप्रदर्शनको १४ औं दिन थियो। एससिडिसिका अनुसार कम्तिमा ५७ जना लाई सुरक्षा बलहरूले मारेका छन्।
अमेरिकी विदेश मन्त्रि एन्टोनी ब्लिन्केनले नयाँ वर्षको दिन, सुडानको स्वतन्त्रता दिवस, यसको ६६ वर्षको स्वतन्त्रताको स्मरण गर्दै र सुडानको सुरक्षा सेवाहरूद्वारा नागरिकहरू विरुद्धको हिंसात्मक आक्रमणको आलोचना गर्दै एक वक्तब्य जारी गरेका छन् ।
“हामीले २०२१ ले लोकतान्त्रिक सुडानसँग साझेदारी गर्ने अवसर दिने आशा गरेका थियौं, तर अक्टोबरमा सेनाले सत्ता कब्जा गरेको र शान्तिपूर्ण प्रदर्शनकारीहरू विरुद्धको हिंसाले त्यो भविष्यमा शंका उत्पन्न गरेको छ,” ब्लिन्केनले विज्ञप्तिमा भने।.
प्रतिक्रिया