महिलाहरु “पोईला” जानु पाप हो ?

नबिन बि.क ,चीन २०७८ पुष १८ गते १२:५२ मा प्रकाशित

यो शिर्षक पढने बित्तिकै धेरै जना समाजका सभ्य र शिक्षित ब्यक्तीहरु अझ त्यसमा पनी महिलाहरुलाई मैले चयन गरेको शब्द “पोईला” प्रति आपत्ती जनाउन सक्छन तर पोईला आफैमा नराम्रो शब्द चै होईन।आफुले मन पराएको ब्यक्ती संग सुटुक्क भागेर घरजम बसाउनुलाई पहिला पहिला पोईला जानु भनिन्थ्यो, अचेलको मोर्डेन सोसाईटीमा लभ म्यारीज पनि भन्ने गरिन्छ। पोईला जानु लाई जसले जसरी हेरे पनि मैले यहा उठान गर्न लागेको बिषयमा ५ मिनेट मनबाटै पढिदिनुभयो भने हजुरहरुको गाली र तालीलाई बल्ल म सार्थक सम्झिनेछु।

लाग्छ अचेल युट्युबरहरुको कामै पोईला जानी आईमाईहरुलाई खोजी खोजी क्यामेराको अगाडी उभ्याएर आफै वकिल र आफै न्यायधीस बनेर फैसला गर्नु नै हो।सोध्न हुने र नहुने प्रश्नहरु सोधेर पिडितहरुलाई त दुःख दिन्छन नै तर हेर्ने मान्छेहरुलाई समेत लाजमर्दो बनाईदिन्छन। उनीहरुलाई यसरी प्रस्तुत गरिन्छ की पोईलाजानु संसारको सबै भन्दा ठुलो अपराध हो र उनीहरु संसारका सबा भन्दा ठुला अपराधी ।यति सम्म नंग्याईन्छ की भोली उनीहरु समाजमा पुनः ससम्मान बाच्नलाई नै गार्हो बनाईदिन्छन। के पोईला जानु साच्ची नै पाप हो त? अपराध हो त? यस बिषयमा समाजमा अलि फराकिलो दायरमा रहेर गहन छलफल गर्नुपर्ने टड्कारो आईपरेको छ। जबसम्म हामी यस समाजका यस्ता बिकृति वा घटनाहरु प्रति खुलेर बहस गर्दैनौ र उदार बन्दैनौ तब सम्म यो समाजले ठुलो मुल्य चुकाई रहनुपर्ने छ।

लाग्छ अचेल युट्युबरहरुको कामै पोईला जानी आईमाईहरुलाई खोजी खोजी क्यामेराको अगाडी उभ्याएर आफै वकिल र आफै न्यायधीस बनेर फैसला गर्नु नै हो

तपाई हामीले कहिल्यै सोचेका छौ? महिलाहरु किन पोईला जान्छन? यसको धेरै कारणहरु भए पनि अहिले पछिल्लो चरणमा देखिएको अवस्था अध्यनगर्ने हो भने मुख्य कारण चै श्रीमानहरु बैदेशिक रोजगारमा जानु नै हो। बिहे गर्ने बित्तिकै वा केही समय पछि श्रीमती छोडेर लामो समयको लागी बिदेशीनु र टिकटोक, फेसबुक, ईन्स्टाग्राम जस्ता सामाजीक संजालहरुको कारणले नै धेरै जसो बिदेशीने श्रीमान तथा श्रीमतीहरुको बिछोडको कारण बनेको छ। कति पएको मन नपरेको केटा संग जबर जस्ती बिहे गरिदिएका हुन्छन, कोहीको आफु भन्दा धेरै उमेरको संग बिहे भएको हुन्छ, यस्तै यस्तै कुराहरुले गर्दा समाजमा जोडीहरुको बिछोड भैरहेको हुन्छ।

सफल र खुशी बैबाहिक जीबनको मुल सुत्र नै पैसा र सेक्स हो, जब बुढाहरु बिदेश जान्छन धेरैले पैसा कि त आफै आउदा लिएर आउछन कित आमा बाउको नाउमा पठाउछन, यता श्रीमतीले न भनेजति पैसा पाउछिन न त जवानीमा बुढाको साथ पाउछिन, अनि जब सामाजिक संजालको रंगीन दुनियाका शिकारीहरुले फिल्मी शैलीमा माया जालमा पारेर, धन सम्पत्ति सहित मन पनि लुटेर लैजान्छन।मनै त हो बहकिन कति बेर लाग्छ र ? तर अचेल श्रीमती पोईला गई भन्दा पनि धन सम्पति पनि लिएर गई भनेर रुदै कराउदै मिडियामा आएको देखिएको छ। मेरो यति तोला सुन र यति लाख लिएर गई भनेर मिडियामा आएर बिलौमा गर्नेकोलपनि कमी छैन।

बिहे गर्ने बित्तिकै वा केही समय पछि श्रीमती छोडेर लामो समयको लागी बिदेशीनु र टिकटोक, फेसबुक, ईन्स्टाग्राम जस्ता सामाजीक संजालहरुको कारणले नै धेरै जसो बिदेशीने श्रीमान तथा श्रीमतीहरुको बिछोडको कारण बनेको छ।

कसैलाई माया गर्नु पाप होईन, अपराध त झनै कदापी हुदै होईन।बिदेशमा आफ्नो जोडी मन परेन भने सिधा हाकाहाकी भनेर सल्लाह संग बच्चा र सम्पतिको छिनोफानो गरेर अलग्गिन्छन, को प्यारेन्टीङको ब्सबस्था गर्छन तर नेपालमा बिशेषतः महिलाहरुले यसरी भनेरै छुट्टिन सम्भब छैन , पहिलो त उनको माईतीको डर, दोस्रो घरकालाई भने श्रीमान,सासु ,ससुरा ,देवर नन्दा सबै मिलेर कुटेर मारेर फाल्देलान भन्ने डर, महिलाहरु यो समाजमा सुरक्षित छैनन त्यसैले पनि उनीहरु सुटुक्क भाग्नुको बिकल्प छैन।

समय बित्दै जादा कसैलाई पनी आफ्नो पार्टनर मन नपर्न सक्छ, त्यस्तो अवस्थामा महिलाहरुले ससम्मान र सुरक्षित तवरले आफ्नो पार्टनर बदल्न पाउने कानुनी ब्यबस्था तथा समाजिक प्रत्याभुति हुनुपर्छ। हामी शिक्षण पेशा मन नपरेर ब्यापार गर्ने छौ, नर्सिङ पेशा मन नपरेर टिचिङ गर्ने पनि छौ, बैङको जागीर मन नपरेर एनजिओमा काम गर्ने पनि छौ, सबै सुरुमा मन परेका चीजहरु सधै मन परिरहन्छ भन्ने केही ग्यारेन्टी हुदैन। समय र परस्थिति अनुसार मानिसको मन र मुड चेन्ज भै रहन्छ। हामी दिनमा ८ घन्टा बिताउने जागीर त मन परेन भनेर कम्प्रोमाईज गर्न सक्दैनौ भने कसैले जिन्दगी बिताउन कोही संग जिन्दगीभर कसरी कम्प्रोमाईज गर्न सक्छ? त्यसैले समय र परिस्थिति हेरेर महिलाहरुले पनि आफ्नो स्वःनिर्णय गर्न पाउनु पर्छ।

सफल र खुशी बैबाहिक जीबनको मुल सुत्र नै पैसा र सेक्स हो, जब बुढाहरु बिदेश जान्छन धेरैले पैसा कि त आफै आउदा लिएर आउछन कित आमा बाउको नाउमा पठाउछन, यता श्रीमतीले न भनेजति पैसा पाउछिन न त जवानीमा बुढाको साथ पाउछिन 

महिलाहरुले यसरी भागेर जादा लगेको २-४ तोला सुन र २-४ लाख नगद पनि हिसाब मागेर र्याख र्याख पारेको तपाई हामीले युट्युब च्यानलहरुमा नदेखेको होईनौ तर पुरुषले पनि त महिलालाई, सन्चो बिसन्चो पनि नभनी, महिनावारी पनि नभनी बिभिन्न तवरले बर्षौ शोषण गरिरहेको हुन्छ, घरको खेतीपाती, घरधन्दा, बच्चाहरुको स्याहार सुसार देखी, सासु, ससुरा, नन्दा अमाजु, देवरको श्रीमान सबैको नौकरले भन्दा पनि बढी दलिएर बेतलबी, बिना छुट्टी सेवा दिएकी हुन्छिन, त्यसको चै हिसाब हुनु पर्दैन? अनि अहिले आएर २-४ तोला सुनको हिसाब खोज्ने?

पुरुषले पनि त महिलालाई, सन्चो बिसन्चो पनि नभनी, महिनावारी पनि नभनी बिभिन्न तवरले बर्षौ शोषण गरिरहेको हुन्छ 

मैले यहा सबै पुरुष खराब र सबै महिला सध्ये पनि भन्न खोजेको होईन तर महिला पुरुष जो पनि जहिले पनि छुट्टिन चाहेको खन्डमा सजिलो , सम्मानित र सुरक्षित तवरले छुट्टिन पाउने ब्यबस्था गर्नु पर्छ, यस्तो अवस्थामा पुर्खेयौली सम्पतिमा कसैको हक लाग्नु हुदैन तर बिहे पश्चात भएको आर्थिक बृद्दिमा मात्र हक लाग्ने नियम बनाएको खन्डमा समाजमा धेरै महिलाहरु जोखिम मुक्त हुनेछन, नत्र सम्पतिकै कारणले धेरै महिलाहरुले अकालमै मृत्युबरण गर्नुपर्ने हुन्छ। यसरी राम्रै बाताबरणमा सुरक्षित र सम्मानित रुपमै जान पाईने चलन र संस्कारको बिकाश गरेमा यो पोईला भन्ने शब्दै नेपाली शब्दकोषबाट पलाएन भएर जानेछ र बिदेशीएका श्रीमानहरु सम्पति र श्रीमती हराई भनेर नेपाल प्रहरी र युट्युबेहरुलाई खोजीदिन र्गुहार्दै हिडनु पर्दैन। नत्र महिला हक अधिकार केवल एनजिओ हरुको गोष्ठीमा मात्रै सिमित रहने छन।महिलाहरुको जति नै हक र हितको कुरा गरे पनि कहि न कही कुनै न कुनै तरिकाले हेपिईरहेका हुन्छन, पिल्सिई रहेका हुन्छन, उनीहरु अन्यायमा परिरहेका हुन्छन।त्यसैले हामी सबैले आआफ्ने ठाउबाट मन भित्रबाट ईमान्दारी पुर्बक साथ दिएमा मात्र महिलाहरुको उत्थानको सम्भब छ।

नबिन बि.क ,चीन
Navin BK
हाल अमेरिका, बाल्टीमोर

प्रतिक्रिया