न्यूजील्याण्डकी माउरी आदिवासी जनजातिकी एक पत्रकारले चिउडोमा कलान्याश (ट्याटु ) राख्दै मुख्यसमयमा समाचार वाचन गर्ने पहिलो व्यक्ति भएकी छिन ।
माउरी पत्रकारले राष्ट्रिय दूरदर्शन (टेलिभिजन)मा महत्वपूर्ण समयमा समाचार प्रस्तुत गर्ने र कार्यक्रम प्रस्तोता गर्ने परम्परागत अनुहारमा कलान्याश (-ट्याटु चिन्ह) राख्दै न्यूजील्याण्डमा इतिहास रचेकी छिन ।
ओरिनी काइपाराले आफ्नो पहिलो साँझ ६ बजे प्रस्तोता बने पछि उनि विश्वभर चर्चा परिचर्चाको शिखरमा पुगेकी छिन।
“म साँच्चै उत्साहित थिए। म चन्द्रमामा थिए,” काइपाराले सीएनएनलाई उनले महत्वपूर्ण समाचार वाचन गरेको थाहा पाएको क्षणको बारेमा बताइन्। “यो ठूलो सम्मान हो। मलाई भावनाहरूसँग कसरी व्यवहार गर्ने थाहा छैन।”
काइपाराको क्रिसमसको पहिलो दिनको प्रस्तुति हुदै लगातार छ दिन सम्म समाचार वाचन गर्ने थियो । यद्यपि उनको कार्यकाल जनवरीको शुरुबाट उनको प्रस्तुति रहनेछ र उनलाई भविष्यमा फेरि बोलाइने बताइन्।
३८ वर्षीया पहिले नै ४:३० बजे साँझ को स्थायी समाचार वाचक थिइन् । उनले न्यूजहब लाइभ बुलेटिन, र पहिले टिभीएनजीमा काम गर्दा २०१९ मा उनले इतिहास बनाई सकेकी थिइन् ।
तर उनि मुलधार र राष्ट्रिय स्तरको संचार माध्यममा समाचार कार्यक्रम प्रस्तुत गर्ने माउरी आदिवासी जनजातीको अनुहारमा कलान्याश (ट्याटु)चिउदोमा राख्ने उनि पहिलो व्यक्ति बनेकी हुन् ।
माउरी मानिसहरूको परम्परामा, जो अहिलेको न्यूजील्याण्डको आदिवासी जनजाति हुन्, महिलाहरूका चिउडोमा ट्याटु (कलान्याश )हुन्छन् र यसलाई मोको काओइ भनेर चिनिन्छ, जबकि पुरुषहरूहरूले धेरैजसो अनुहार छोप्छन् र जसलाई माटोरा भनेर चिनिन्छन्।
“जब म आफैंमा शंका गर्छु, र म ऐनामा आफ्नो प्रतिबिम्ब देख्छु, म आफैलाई मात्र हेर्दिन,” काइपाराले सीएनएनलाई भनिन ।
प्रतिक्रिया