बेलायतको सान्टान्डर बैंकले क्रिसमसमा गल्तीले १७५ मिलियन डलर (झन्डै १७ करोड डलर )आफ्ना ग्राहकहरुलाई भुक्तान गरेको छ । बेलायती १३० मिलियन पाउण्ड बराबरको रकम ग्राहकहरुलाई दिएको गत बिहिबार छापा बिज्ञप्ति मार्फत जानकारी गराएको छ ।
गत डिसेम्बर २५ का दिन कुल भुक्तानी लगभग २ हजार संस्था(कर्पोरेट) र व्यावसायिक ग्राहकहरुको लागी ७५ हजार लेनदेन भन्दा बढी रकम वितरण गरेको थियो, सान्टान्डर बैंकले गत बिहीबार प्रकाशित गरेको एक विज्ञप्तिमा उक्त कुरा उल्लेख गरेको छ ।
“हामी क्षमाप्रार्थी छौं कि प्राविधिक समस्याको कारणले गर्दा हाम्रा कर्पोरेट (प्रतिष्ठान )का ग्राहकहरूको खातामा गलत रूपमा रकम दोहोरिएको छ ,” वक्तब्यमा भनिएको छ ।
हामी आगामी दिनहरूमा नक्कल (दोहोरिएका )कारोबारहरू पुनःप्राप्त गर्न बेलायतका धेरै बैंकहरूसँग कडा मेहनत गर्नेछौं । सान्टान्डरले डुप्लिकेट (नक्कली )भुक्तानीहरूलाई समय तालिकामा राखिएकोले आरोप लगाएका छन् भने जसलाई बैंकले “छिटो पहिचान गरी सच्याइयो” बैंकले भन्यो।
सान्टान्डरले “बैंक त्रुटि पुन: प्राप्ति (रिकभरी) प्रक्रिया” मार्फत प्राप्तकर्ता बैंकहरूबाट रकमहरू पुन: प्राप्ति गर्न काम गरिरहेको जनाएको छ ।
सान्टान्डर विश्वव्यापी बैंक बान्को सान्टान्डरको एक पूर्ण स्वामित्व सहायक प्रतिष्ठान हो, जसको मुख्यालय स्पेनमा छ । बेलायतको संचालनसँग १४ मिलियन (१४ लाख )सक्रिय ग्राहकहरू र ६१६ शाखाहरू छन भनि सिएनएनले उल्लेख गरेको छ ।
प्रतिक्रिया