विद्यालयलाई डेस्क बेञ्च खरिद गर्न एक लाख पचास हजार सहयोग
देवेन्द्र सञ्ज्याल
२०७८ पुष १६ गते १:०८ मा प्रकाशित

देवेन्द्र सञ्ज्याल,अछाम १६ पौष अछामको कमलबजार मुलि स्थित श्री कालिका आधारभुत विद्यालयलाई डेस्क बेञ्च खरिदका लागी सुरेन्द्र ढकाल प्रतिष्ठान काठमाडौंबाट रु एक लाख पचास हजार सहयोग प्राप्त हुने भएको छ।
ने क पा (माले) का नेता ,सुरेन्द्र ढकाल प्रतिष्ठानका सञ्चालक,साहित्य सर्जक,ग्रेटर नेपाल साप्ताहिकका सम्पादक तथा प्रकाशक सुरेन्द्र ढकालले विद्यार्थीलाई सिकाईमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ सो सहयोग प्राप्त हुने जानकारी विद्यालयका प्रधानाध्यापक देवेन्द्र सञ्ज्यालले दिनु भएको छ।
स्मरणीय छ प्रतिष्ठान मार्फत विभिन्न क्षेत्रमा निरन्तर आर्थिक सहयोग प्रदान भै रहेको छ भने उक्त विद्यालयले समेत दान सहयोग संकलन गर्दै २ कोठे पक्की भवन निर्माण गरिरहेको छ।
प्रतिक्रिया