काठमाडौं।नेपाली महिला टोलीले लगातार दोस्रो पटक एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आज भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा हराउँदै नेपालले उपाधि रक्षा गरेको हो।
उज्वेकिस्तानविरुद्ध संघर्षपूर्ण जित निकाल्ने क्रममा पहिलो सेट २६–२४ ले जितेको नेपालले दोस्रो सेट २४–२६ ले गुमायो।तेस्रो सेट २५–१५ ले जित्दै खेलमा फर्किएको नेपालले चौंथो सेट २२–२५ ले गुमाउँदा खेल पाँचौं सेटसम्म धकेलियो।
निर्णायक सेटमा १५– १० को रोमाञ्चक जित निकाल्दै नेपालले लगातार दोस्रोपटक उपाधि जित्न सफल भयो।
यसअघि बंगलादेशमै सन् २०१९ मा भएको पहिलो संस्करणमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले उपाधि जितेको थियो।
प्रतिक्रिया