बिगतमा एमालेसंगको एकता देश र पार्टीकै लागि गंभीर घातक सिद्ध भएको माओबादी महाधिबेशनको निष्कर्ष

टंक पन्त २०७८ पुष १४ गते १४:३२ मा प्रकाशित


काठमाडौं ।नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गर्नुभएको २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज माथि महाधिबेशन प्रतिनिधिहरुले तीखो टिप्पणी गरेका छन।

माओबादीले एमालेसंग गरेको देश र जनताका लागि मात्र होइन पार्टीका लागि ठुलो क्षति भएको प्रचण्डको प्रतिबेदनमाथि छलफलमा अधिकांश महाधिबेशन प्रतिनिधिहरुले राखेपछि सो धारणा महाधिबेशनको निष्कर्ष जस्तै भएको नेताहरुले बताएका छन।

बिगतमा एमालेसंग पार्टीले गरेको एकतालाई एमाले अध्यक्ष केपीले सत्ताको भर्याङ्ग मात्र बनाएको र सबिधान र संसद ध्वंस गर्ने साधनको रुपमा प्रयोग गरेको ठहर महाधिबेशन प्रतिनिधिहरुले गरेका छन।अधिकांश प्रतिनिधिहरुको सो धारणा समुहगत छलफलको निष्कर्षको रुपमा आएपछि सो बिषय अध्यक्षको प्रतिबेदनमा समेटिने भएको छ।समुहगत छलफलको प्रस्तुति बिहीबार सकिने छ।

बन्दसत्रमा सवा दुई घण्टा लगाएर प्रचण्डले वाचन गरेको प्रतिवेदनमा देशभरबाट आएका प्रतिनिधिले २५ वटा समूह बनाएर छलफल तथा सुझाव राखेका छन्।मंगलबार दिनभर भएको छलफलमा प्रतिनिधिले अन्य थप गम्भीर विषय पनि उठाएका छन्।धेरै प्रतिवेदनले प्रतिवेदन सान्दर्भिक भए पनि केही छुटेको र केही अनावश्यक कुरा परेको भन्दै संशोधन गर्न सुझाएका छन्।


नेता राम कार्कीले त पुरक प्रतिवेदन नै प्रस्तुत गर्नुभएको छ । सात वटा प्रदेश, केन्द्रीय सल्लाहकार, आयोग, प्रवासको छुट्टाछुटटै समूहमा प्रतिवेदनमाथि उठेका विषयमा साम्राज्यवाददेखि धनाढ्य र यौन अनैतिकतामा कठोर सजायदेखि एमसीसी खारेजीसम्म छन्।

केही प्रतिनिधिले प्रचण्ड परिवारवादबाट बाहिर आउनुपर्ने सुझाव दिएका छन्।परिवारवादमा फस्दा कार्यकर्तासँग सम्वाद टुटेको र पार्टी कमजोर भएको निष्कर्ष सुनाउने पनि समूहगत छलफलमा भेटिए।

बागमती र कर्णाली प्रदेशको छलफलमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा भारतबारेको मौनतामाथि प्रश्न उठको छ।‘भारतबारे बोल्नुपर्छ । सीमा विवादको कुरा छ।चुच्चे नक्साको अपनत्वको कुरा।भारत र अमेरिकालाई हामीले विस्तारवादी र सामा्रज्यवादी भनेर एउटै टोकरीमा राख्दै आएको हो।अहिले के हो यो ? भारतप्रति हाम्रो दृष्टिकोण बदलिएको हो ?’ प्रतिनिधिले सोधेको प्रश्नलाई उद्धृत गर्दै एक प्रतिनिधिले सुनाए।छलफलका क्रममा केही प्रतिनिधिले भने अध्यक्षले सन्तुलित परराष्ट्र नीतिलाई प्रतिनिधित्व गर्दै दस्तावेजमा लेखेको ठिक रहेकाले टिप्पणी गर्न हुँदैन भन्ने बचाउ धारणा राखेका थिए।

बागमतीको समूहगत छलफलमा प्रचण्डपथको एजेण्डा पनि उठ्यो।यसलाई संश्लेषण गरेर प्रचण्ड विचारधारा भन्नुपर्ने प्रस्ताव आयो । ‘अहिले नयाँ विचार आएको छ । प्रचण्डपथलाई संशोधन गरेर प्रचण्ड विचारधारा भनेर जाउ।यसले गर्दा माओवादी एक हुन्छ । प्रचण्डको नेतृत्वमा सबै गोलबन्द भएर जान तयार छन्,’ प्रतिनिधिका सुझाव दिएका छन।

बागमतीका प्रतिनिधिले कार्यकारी प्रमुखको विषयलाई जोडदार रुपमा उठाउनुपर्ने सुझाए । ‘संविधान संशोधनको विषयलाई नेतृत्व गरेर जानुपर्छ । त्यो हाम्रो भोट हो । भोट ब्यांकलाई छोड्नु हुँदैन,’ प्रतिनिधिहरुको भनाइ थियो।

प्रतिनिधिले एकीकृत समाजबादी र माओबादी बीचमा नजिकको संबन्ध र रहेको आगामी दिनमा थप बढने भनको सन्दर्भलाई महाधिबेशन प्रतिनिधिले माधव नेपाल समेट्दा उपेन्द्र यादवलाई किन छुटाइयो भनेर पनि प्रश्न गरेका थिए । ‘माधव नेपालको नाम आउँदा उपेन्द्र यादवको नाम किन आएन ? माधव नेपालसँग सहकार्य गर्ने प्रष्ट नीति छ भन्ने अनि पूर्वमाओवादी पृष्ठभूमिका उपेन्द्रको जसपासँग छैन ?’ प्रतिनिधिका प्रश्न थिए।

माओवादी,नेकपा एस र जसपा आगामी चुनाव मिल्ने उनीहरुको बुझाई थियो।त्यसैले उपेन्द्रलाई पनि समावेश गर्नुपर्ने उनीहरुको राय रह्यो।उपेन्द्रले महाधिवेशन उदघाटन समारोहमै आफू पहिला माओवादी भएको बताएका थिए।यो कुरालाई पनि प्रतिनिधिले स्मरण गराउँदै पूर्वमाओवादी उपेन्द्रलाई नराख्ने, पूर्वमाओवादी नभएका माधव नेपालको नाम राख्ने ? भनेर तर्क गरेका थिए।

अधिकांश प्रतिनिधिले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता खारेज गर्नुपर्ने धारणा राखेका थिए।बाहिर परिमार्जनको आवाज उठेका बेला माओवादी प्रतिनिधिले भने राष्ट्रिय स्वाधिनताका लागि एमसीसी घातक भएकाले खारेज नै गर्नुपर्ने तर्क राखेका छन।

नेता खिमलाल देवकोटाले सार्वजनिक रुपमै दस्तावेज अन्योलता भएकाले पूर्ण संशोधन हुनुपर्ने तर्क गर्नुभयो।उहाँले प्रतिवेदनमा विश्वका धनाड्यको सूची राखेकोमा पनि प्रश्न उठाउनुभयो।‘कम्युनिस्टको दस्तावेजमा धनाड्यको सूची किन राखेको ?’ उहाँको प्रश्न थियो।

‘यो दस्तावेज मनगणन्ते भयो।अहिलेका राजनीतिक दलको विश्लेषण छैन।वर्ग विश्लेषण छैन।समस्या छैन । समाजवादमा जाने नेपाली बाटो भनिएको छ।तर त्यो नेपाली बाटो के हो कसरी जाने,त्यो बाटोमा के हुन्छ,अवरोधहरु के के हुन्छन् त्यो स्थिति के हो ? माओवादीको बाटो के हो भन्ने क्लियर नभएको दस्तावेजलाई पूर्ण रुपमा संशोधन गर्नुपर्छ,’ देवकोटाको धारणा थियो।

विभागबाट प्रतिनिधित्व गरेका पर्साका एकजना प्रतिनिधिले अध्यक्षले यौन अनैतिकताको विषय उठाएको स्मरण गराउँदै यौन दुराचारी र बलात्कारीलाई पाँच वर्ष पार्टीले निष्काशन गर्ने नीति लिनुपर्नेमा जोड दिए।

प्रज्ञा प्रतिष्ठान र केही पार्टी प्यालेसमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ।

बन्दसत्रको पहिलो दिन सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट प्रस्तुत २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङबाट प्रस्तुत विधान मस्यौदामाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुति बुधबार अपरान्ह सवा १ बजेबाट सुरु भएको थियो।राजनीति दस्तावेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजित गरेर मंगलबार बिहानदेखि बुधबार बिहान १२ सम्मको समय छुट्याइएको थियो।

समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने क्रममा सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई,गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ,प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री,केन्द्रीय विभागबाट गीता पनेरु,सुदूरपश्चिम प्रदेशबाट मिनबहादुर कँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरिसक्नुभएको छ।

आठौं राष्ट्रिय महाधिवेशनको पाँचौं दिन पुस १५ गते बिहीबार बिहान ११ बजेदेखि बन्दसत्र सुचारु हुनेछ। महाधिबेशनको बन्द शत्रमा नेताका छोराछारी समेत सोखिन भएकोेले त्यसतर्फ पनि सुधार गर्र्नुपर्नेभन्दै नेताका छोरीलाई सरकारी स्कुलमा पढाउनुपर्ने प्रस्ताब आएको छ ।बाँकी रहेका समूहले बन्द सत्रमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्नेछन्।

त्यसपछि माओवादी नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रियामा जाने छ।

प्रतिक्रिया