पदको नशा,पैसाको नशा,
वैवभको नशा
पो नशा,
ऐ बोतल तेरो नशा के नशा,?
नमस्ते नफर्काउनुको नशा,
ढोका खोल्न लगाउनुको नशा,
तपाई वाट उक्लेर हजुरमा पुग्नुको नशा
पो नशा,
ऐ बोतल तेरो नशा के नशा ?
श्रीमतीलाई भन्न लाउनु रानी साहेव,
छोरी मै साहेव,छोरा वावु साहेव,
अर्दलीलाई भाडा धस्न लगाउनु,
जुत्ता टल्काउन लगाउनु,
वक्सियोस भन्न कर लगाउनुको
नशा पो नशा,
ऐ बोतल तेरो नशा के नशा ?
दाजु भाइ अझै उस्तै छन्,
आफ्नो हैसियत हल्लक वढ्यो,
सवैले कुरा वुझ्याछन्
चुईक्क कोही वोल्दैनन् ,
मदको यस्तो नशा पो नशा,
ऐ बोतल तेरो नशा के नशा ?
गीत गाईन्छ, पसीना तरर
र फरर,
उता डींड्ग हाकिन्छ र भनिन्छ,
मेरो सरकार,
त्यो नशा पो नशा,
ऐ बोतल तेरो नशा के नशा ?
छिमेकीको विल्लीबाठ छ,
गाऊँका गाऊँ अभाव रोग र भोकले ग्रस्त छ,
आफू पुगीन्छ गाऊं र कारिन्दालाइ भनिन्छ,
“टिप्नोस उहांहरूको गुनासो,”
नसाहरू मरेका छन,सऱ्ज्ञा शुन्य छ चेतना,
त्यस्ले जन्माएको नशा पो नशा,
ऐ बोतल तेरो नशा के नशा ?
सुशील नेपाल
राजमित्र प्रांगण,
माल्डेन,बोस्टन
अमेरीका
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया