सुगमको गीतमा राज र स्वेताको रोमान्स

इनेप्लिज २०७८ पुष ११ गते १३:१९ मा प्रकाशित

काठमाडौँ।गायक सुगम पोखरेलको स्वर रहेको नयाँ गीत ‘आफु आफुमा’ सार्वजनिक भएको छ।सोहन मानन्धरको शब्द तथा संगीत रहेको गीतमा विजेस्वर तुलाधरको एरेन्ज रहेको छ।

गीतको भिडियोमा अन्तराष्ट्रिय कोरियोग्राफर तथा मोडल राज फैजु,दिलु खत्री र स्वेता मिश्रको अभिनय देख्न सकिन्छ।राज लामो समयपछि म्युजिक भिडियो अभिनयमा देखिएका हुन्।

एक दशक भन्दा लामो समयदेखि फेसन र मोडलिङमा काम गर्दै आएका राज पछिल्लो समय राम्रा ब्राण्डका विज्ञापनमा देखिदै आएका छन्।भिडियोमा मोडलहरु श्रीषा बैदार र रेश्मा श्रेष्ठले डिजाइन गरेको ड्रेसमा प्रस्तुत भएका छन्।

प्रदीप गन्धर्वको छायाँकन,श्याम कुँवरको छायांकन रहेको भिडियोका निर्देशन सोहन मानन्धरले गरेका हुन्।भिडियो पोखराको आकर्षक लोकेसनमा छायांकन भएको हो।

प्रतिक्रिया