आँगन छोडेपछि , आप्रवासी नेपाली इन्जिनियरका सपना र संघर्षका कथा आज एक कार्यक्रमका बीच बिमोचन सम्पन्न भयो।
पुस्तकमा विश्वभरिका विभिन्न देशमा बसेर , इन्जिनियारिंग पेशा संग सम्बन्ध १७ जना इन्जिनियरहरुको बिदेशी भूमिमा गरेको संघर्षको सस्मरण लेखिएको छ। उक्त पुस्तक शिखा प्रकाशनले बजारमा ल्याएको छ।
बिमोचन कार्यक्रममा लेखक / इन्जिनियर खड्गसेन वली र समालोचक राजकुमार बानियाले पुस्तकमाथि टिप्पणी गर्नु भएको थियो।
नियात्राकार जीबा लामिछाने र गोविन्द प्रसाद गौतमले लेखकीय अनुभव साझा गर्नु भयो। पुस्तकका दुइ मध्ये एक सम्पादक केशवराज ज्ञवालीले , सम्पादनको अनुभव सुनाउनु भयो।
कार्यक्रम शिखा प्रकाशनका पुष्पराज पौडेलको सभापतित्वमा भएको थियो। कार्यक्रम इन्जिनियरिंग साहित्य समाज ( इन्सास ) को आयोजनामा भएको थियो।
प्रतिक्रिया