वर्ल्ड नेवाः अर्गनाइजेसनको आयोजनामा हालै सम्पन्न गरिएको “प्रथम बिस्व नेवाः हाजिरि जवाफ प्रतियोगिता”को निरन्तरताको लागि अक्षय कोष स्थापना गर्न पहल गरिने भएको छ । प्रथम बिस्व नेवाः हाजिरि जवाफ प्रतियोगिता संचालन समितिको हालै बसेको समिक्षा बैठक ले उक्त बिषयमा छलफल गरेको हो । जूम प्रबिधि मार्फत अमेरिका , क्यानडा, संयुक्त अधिराज्य, आयरल्याण्ड, नेपाल लगायतका प्रतिनिधिहरु सहभागि रहेको उक्त बैठकमा नेवाः संस्कृति, साहित्य, कला, भाषा, संगीत, सम्पदाको बिस्व ब्यापि सम्बर्द्दन तथा संरक्षणको लागि युवा पुस्ता बीच जानकारी गराउन हाजिरि जवाफ प्रतियोगिता सशक्त माध्यम भएकोले सो प्रतियोगिताको निरन्तरता अत्याबश्यक रहेको मनसाय सहभागि सबैले ब्यक्त गरे । सोहि अनुरुप अक्षयकोष स्थपनाको लागि संयुक्त अधिराज्यमा लामो समयदेखि बस्दै आउनु भएकि डा. लोचन मानन्धरले बीज रकम प्रदान गर्ने प्रतिबद्दता जनाउनु भयो ।
सो समिक्षा बैठकमा बोल्नु हुन्दै वर्ल्ड नेवाः अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठले संस्थाको बिभिन्न कार्यक्रम मध्य सो प्रतोयोगिता एउटा ऐतिहासिक उपलब्धिको रुपमा रहेको र यसले युवाबर्गको ध्यान आकर्षित गर्न सफल रहेको बताउनु भयो । वर्ल्ड नेवाः अर्गनाइजेसनका उपाध्यक्ष एबम प्रबिधि समितिका संयोजक संयुक्त श्रेष्ठले प्रतियोगितामा सोधिएका प्रश्नहरुको खेल एप्स बनाउन सकेमा युवाबर्गले मनोरंजनको माध्यम बाट पनि नेवाः संस्कृति बारे सिक्न सक्ने बिचार ब्यक्त गर्नु भयो । प्रतियोगिताको प्रश्न निर्माण उपसमितिका संयोजक केशरमान ताम्राकारले प्रतियोगिताका सबै प्रश्नहरु संकलन गरि पुस्तकको स्वरुप दिन सकेमा भबिष्यमा हुने प्रतियोगिताको लागि श्रोत बिषय हुन सक्ने बिचार ब्यक्त गर्नु भयो । डा. लोचन मानन्धरले नेवाः संस्कृतिको संरक्षण र सम्बर्द्दनको लागि युवाबर्गको संलग्नता अपरिहार्य रहेको बताउनु भयो ।
प्रतियोगिता संचालन मूल समितिका संयोजक बिमल मान श्रेष्ठले छोटो समयमा पनि अन्तरराष्ट्रिय स्तरको सो प्रतियोगिता सफलतापुर्बक संचालन गर्न सक्नुमा सामुहिक ऐक्यबद्दता हो भन्नु हुन्दै कार्यक्रम सफल पार्न प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्नु हुने सम्पूर्ण महानुभाब, ब्यापारिक अनुष्ठान, संघ संस्थाहरु प्रति हार्दिक धन्यबाद ब्यक्त गर्नु भयो। सो प्रतियोगिता निरन्तर रुपमा संचालन गर्न सकेमा युबा बर्ग लगायत आम जनमानसमा नेवाः साहित्य, कला, संस्कृति, सम्पदा ईत्यादि बारे जानकारी हुन गइ संरक्षण तथा संबर्द्दनमा सकारात्मक बाताबरण शृजना हुने तथ्यमा दुईमत नहोला । तसर्थ सो प्रतियोगिता संचालनार्थ अक्षय कोष स्थापना कार्यमा सम्पुर्ण संघ संस्था तथा मनकारी महानुभाबहरुले यथासक्य सहयोग गरिदिएमा पक्कै पनि यो महत्वपुर्ण कार्यक्रम सफल हुने छ भनि सहभागि सबैले अपेक्षा गरेका छ्न।
प्रतिक्रिया