सफा र स्वच्छ नगर” भन्ने नाराका साथ यही पौष १० गते अछामको कमलबजार सरसफाई कार्यक्रम सञ्चालन गरिने भएको छ।
सुन्दर नगरी कमलबजारको फोहोरमैला हटाई सफा र स्वच्छ बनाउने यात्रामा हाम्रो एक सार्थक कदम भन्दै Helping Hands Nepal को आयोजना र Surya Shrestha Group र कमलबजार नगरपालिकाको सहकार्यमा “कमलबजार सरसफाई कार्यक्रम” हुने भएकाले सबैको उपस्थिति साथ सहयोगको लागी सम्पूर्ण नगरवासी लाई हार्दिक अनुरोध गरिएको जानकारी संयोजक देवेन्द्र सञ्ज्यालले दिनु भएको छ।
सो कार्यक्रममा नेपाल प्रहरी,विद्यार्थी,स्थानीय व्यावसायि,युवा, शिक्षक,कर्मचारी लगायतको सहभागिता रहने छ।
प्रतिक्रिया