मिति २०७८।०९।०३ गते जिल्ला कास्की अन्नपूर्ण गाउँपालिका वडा नं.-१० घान्द्रुक स्थितचिहान घाटमा रहेको ट्रस भित्र मानिसको लाश फेला परेको भन्ने सूचनाको आधारमा यस जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी अधिकृत सहितको टोली खटिई गई प्रारम्भिक अनुसन्धान गर्दा जिल्ला बाग्लुङ,बा.न.पा. वडा नं.६ लहरेपिपल घर भई भिक्षा माग्दै हिड्ने वर्ष ५७ का शिव परियारलाई निज मृतक संगै हिड्ने जिल्ला बाग्लुङ, बा.न.पा. वडा नं. ९ कुवापानी बस्ने वर्ष ३६ को अर्जुन बि.क.ले मा.प.से. गरी एक आपसमा झै-झगडा हुँदा कर्तव्य गरी मारेको भन्ने खुल्न आएको हुँदा निज अर्जुन बि.क.लाई पक्राउ गरी ज्यान सम्बन्धी कसुर अन्तर्गत सम्मानित कास्की जिल्ला अदालतबाट दिन ४ म्याद थप अनुमति लिई अनुसन्धानको कार्य अगाडी बढाइएको छ।
प्रतिक्रिया