एमसीसीकै कारण गठबन्धन टुट्दैन: प्रचण्ड

इनेप्लिज २०७८ पुष ८ गते ११:२३ मा प्रकाशित

काठमाडौं।नेकपा माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) कै कारण सत्ता गठबन्धन नटुट्ने ठोकुवा गरेका छन्।पार्टीको महाधिवशेनको पूर्वसन्ध्यामा न्यूज एजेन्सी नेपालसँगको अन्तवार्तामा बोल्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन्।

पछिल्लो समय सत्तागठबन्ध भित्र एमसीसी सम्झौता पास गर्ने या नगर्ने भन्ने विषयमा मत भिन्नता देखिदै गर्दा अध्यक्ष प्रचण्डले एमसीसीमा केही सुधार गर्नु पर्ने बुँदा रहेको भन्दै त्यसले गठबन्धन नटुट्ने स्पष्ट पारे।

अस्ति गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पनि सुधारको गुन्जायस छ भन्नुभएको छ,अप्ठेरो नै पर्‍यो भने पनि एमसीसीका कारण गठबन्धन टुट्दैन।टुट्न हुँदैन र टुट्न दिइँदैन’ उनले भने।

प्रधानमन्त्रीसँग एमसीसीका विषयमा विज्ञहरुसँग छलफल गर्ने विषयमा आफ्नो कुराकानी भएको तर माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनपछि छलफल गर्ने सहमति भएको प्रचण्डले बताए।उनले माओवादी केन्द्र अरु भन्दा बिचार, मार्गदर्शनले फरक रहेको दाबी गरे।

प्रतिक्रिया