काठमाडौं ।ख्रीष्टियनहरुलाई राज्यले उपेक्षा गरेको सरोकारवालाहरुले गुनासो गरेका छन्।यशू ख्रीष्टको जन्म दिनको अवसरमा राष्ट्रिय गिर्जाघर ९ट्रष्ट० को आयोजनामा भएको एक कार्यक्रममा सहभागिहरुले संविधानमा दिएको अधिकार आफुहरुमा लागु हुन नसकेको गुनासो गरेका हुन्।
ललितपुरमा आयोजना भएको उक्त कार्यक्रममा अधिकाशं वक्ताहरुले ख्रीष्टको विषयलाई लिएर गलत प्रचार भइरहेको बताएका छन्।उनीहरुले यशू ख्रीष्टका विषयमा प्रचार गर्न समेत नदिने वातावरण भएको बताएका छन्।
देशमा धर्म निरपेक्षताको पूर्ण कार्यान्वयन हुँनु पर्ने उनीहरुको जोड थियो।आफुहरुले प्रचार गरीरहदा जबरजस्ती आर्थिक प्रलोभन देखाएर खूीष्टियन बनाएको आरोप समेत लाग्ने गरेको गुनासो गरेका छन्।
राष्ट्रिय गिर्जा घर(चर्च) महागुठ्ठीका अध्यक्ष प्रकाश सुब्बाले कार्यपत्र प्रस्तुत गर्दै देशभर रहेका १० हजार भन्दा बढी चर्च रहेपनि तिनिहरुको संरक्षण र सर्वद्धनमा सरकारले चासो नादिएको बताएका छन्।बरु उल्टै राज्यबाट विभिन्न खालको दमन हुने गरेको कार्यपत्रमा आरो लगाएका छन्।
ख्रीष्टको जन्म उत्सवको अवसर पारेर पाँच जना समाज सेवीहरुलाई अभिनन्दन समेत गरीएको छ।जेष्ठ नागरिक धनमाया तामाङ,चन महर्जन,विभिन्न समयमा जेल परेर ख्रीष्टको प्रचारक रेशमराज पौडेल,रेक्यु नेटवर्क नेपालका अध्यक्ष जयकुमार थापा र मनोजकुमार श्रेष्ठलाई अभिननन्द गरीएको थियो।
कार्यक्रम उर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसालको प्रमुख आतित्थतामा सम्पन्न भएको थियो । बाग्मती प्रदेशका सांसद जीवन खड्का, पाष्टर लगायतले समेत बोलेका थिए । कार्यक्रममा विभिन्न सन्देशमुलक तथा मनोरञ्जनात्मक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया