प्याब्सन मोरङमा पहिलो पटक महिला अध्यक्षको रुपमा सुब्बा निर्वाचित

इनेप्लिज २०७८ पुष ४ गते १७:१० मा प्रकाशित

विराटनगर,४ पुस।निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको अध्यक्षमा सीतला सुब्बा पहिलो पटक महिला अध्यक्षको रुपमा निर्विरोध निर्वाचित भएकी छिन्।

प्याब्सन मोरङको आज सम्पन्न १५ औं जिल्ला अधिवेशनबाट सुब्बा निर्विरोध अध्यक्षमा निर्वाचित भएकी हुन्।

विसं २०४७ मा प्याब्सन स्थापना पश्चात निर्वाचनबाट सर्वसम्मत रूपमा निर्वाचित भएर नेतृत्वमा आएकी सुब्बा मोरङ प्याब्सनमा पहिलो महिला अध्यक्ष हुन्।

यसगरी वरिष्ठ उपाध्यक्षमा प्रेमलाल सिंह सुवाल,उपाध्यक्षमाद्वयमा भक्तराज सुब्बा र सुरेन्द्र सुवेदी निर्वाचित हुनु भएको छ।

यसैगरी सचिबमा जगत बहादुर बस्नेत,कोषध्यक्षमा विष्णु डंगोल,सह–सचिबद्वयमा मनोज रेग्मी र विकर्ण कार्की,सह–कोषाध्यक्षमा भुपाल बस्नेत निर्वाचत हुनु भएको छ।

यस्तै खुल्ला सदस्यहरुमा रुद्र थापा, दिपक प्रसाद घिमिरे, कमल प्रसाद तिम्सिना र मणिराज भट्टराई निर्वाचित हुनु भएको छ भने पालिका तर्फबाट लेटाङबाट भोलानाथ पाण्डे,सुनवर्सीबाट कसराज राजवंशी,उर्लाबारीबाट रियन्द्रबहादुर थापा, मिक्लाजुङबाट अमित खड्का,पथरी शनिश्चिरेबाट राजु तिम्सिना,रतुवामाइबाट छविलाल बास्कोटा,रंगेलीबाट जिवन खनाल,विराटनगरबाट सिएम श्रेष्ठ,कटहरीबाट सिताराम विक,बेलबारीबाट तेजबहादुर खत्री र सुन्दरहरैचाबाट अर्जुन ढकाल निर्वाचित हुनु भएको छ।

 

प्रतिक्रिया