विराटनगर,४ पुस।दिनप्रतिदिन बढ्दै गएको सवारी दुर्घटनाबाट बच्न र बचाउन सवारी नियम पालनाको विकल्प नरहेको बताइएको छ।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि आज देखि प्रदेश नं १ को १४ वटै जिल्लामा शुरु भएको ट्राफिक सप्ताह–२०७८ को सन्दर्भमा सो धारणा आएको हो।
सो अवसरमा प्रदेश नं १ प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार विसीले प्रदेशमा दैनिक सरदर एक दशमलव शून्य चार जनाको मृत्यु भइरहेको जानकारी दिनुभयो।उहाँले यस प्रदेशमा आर्थिक वर्ष २०७५÷७६ मा ३१३ जना, आर्थिक वर्ष २०७६÷७७ मा ३३२ जना,२०७७÷७८ मा ४४४ जनाको सवारी दुर्घटनाबाट मृत्यु भएको छ भत्रुभयो।उहाँले यो भयावह स्थितिलाई न्यूनीकरण गर्न सबैको दायित्व छ भन्दै ट्राफिक सप्ताह अन्तर्गत एक साता विविध कार्यक्रम सञ्चालन गरी सवारी नियम पालना गराउने तर्फ ट्राफिक प्रहरी सचेत रहेको कुरामा जोड दिनुभयो।
आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले व्यवस्थित र सुरक्षित जीवन यापन गर्न अनुशासित भई सवारी नियम पालना गर्नु पर्ने बताउनुभयो । मन्त्री कार्कीले दुर्घटना जोखिम र मृत्युलाई छल्न नसकिने भएकोले सवारी चालक, बटुवा सबैले ट्राफिक नियम पालना गर्नुपर्ने सुझाव दिनुभयो।दुर्घटनाका कारण आंशु मात्र होइन परिवार नै विचल्लीमा पर्ने भएकोले यसतर्फ सबैको ध्यान जानु जरुरी छ भन्दै मन्त्री कार्कीले कोशी ब्यारेज देखि मेचीसम्म र रानी देखि धरान सम्म राजमार्गमा सिसी क्यामेरा जडान गर्ने योजना छ भत्रुभयो।उहाँले विराटनगरको ट्राफिक व्यवस्थापनका लागि पुरानो गुद्रीमा स्मार्ट पार्किङ बनाउने भन्दै केही समय पछि नै विराटनगरमा प्रदेश स्तरीय बसपार्कको शिलान्यास हुने जानकारी दिनुभयो।
सामाजिक विकास मन्त्री जयराम यादवले मादक पदार्थ सेवन गरी सबै भन्दा बढी सवारी दुर्घटना भइरहेको भन्दै मानिसले नैतिक आचरण र व्यवहारमा परिवर्तन गर्नु पर्ने कुरामा जोड दिनुभयो।उहाँले भत्रुभयो‘ मस्त र व्यस्त रहनु तर अस्तव्यस्त नरहनु।’।मन्त्री यादवले सडक दुर्घटनालाई न्यूनीकरण गर्न यातायातलाई प्रविधि मैत्री बनाउनुपर्ने सुझाव दिँदै सन् २०२५ भित्रमा प्रदेशलाई बालविवाह मुक्त्त प्रदेश बनाउने घोषणा गर्नुभयो र भत्रुभयो‘ सानो उमेरमा विवाह गर्नु राम्रो होइन।’
कार्यक्रममा यातायात आन्तरिक मामिला तथा कानून सचिव कालीप्रसाद पराजुली, सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेल र व्यवसायी महासङ्घ प्रदेश नं १ का अध्यक्ष सरोज श्रेष्ठले पनि सवारी दुर्घटनाका कारणका विविध पक्षमा बोल्नुभएको थियो।
प्रतिक्रिया