हो सबै एउटै हो!

जानकी पन्त जुन २०७८ मंसिर २९ गते ११:१८ मा प्रकाशित

हाम्रा घरका छतहरु फरक भएपनि हामीले ओड्ने अकाश एउटै हो! हामी बस्ने घरहरु फरक भएपनि,हामीले टेक्ने धर्ती एउटै हो!हाम्रा मनहरु फरक भएपनि, हामी रमाउने संसार एउटै हो!

हाम्रो बाहिरि रुपरंग फरक भएपनि,भित्रि रगतको रंग एउटै हो!हाम्रो बाहिरि सजावट फरक भएपनि, भित्रि अंगको बनावट एउटै हो!
हाम्रा सासहरु दोहरियेर फेरिए पनि हाम्रो सासको श्रोत एउटै हो! हाम्रो जिउने तरिका फरक भएपनि जिउने आधार सबैको एउटै हो!

हामीले खाने भोजनहरु फरक भएपनि,हाम्रो भोक सबैको एउटै हो! हामीले पिउने पानीका स्रोतहरु फरक भएपनि, पानीको स्वाद र प्यास सबैको एउटै हो!

हामीले हेर्ने आखाहरु फरक भएपनि आँखा बाट झर्ने आसु सबैको एउटै हो! हामिले व्यक्त गर्ने भाषाहरु फरक भएपनि हामीले महसुस गर्ने भाव सबैको एउटै हो!

हाम्रो आत्माको बासहरु फरक भएपनि,हाम्रो परमात्मा स्वरूप सबैको एउटै हो।हाम्रो जात,धर्म र सस्कृति फरक भएपनि हामी सबैको मालिक यहाँ एउटै हो। अन्तमा हामी जहाँकहिँ रहेपनी, मरेर जाने ठाउँ हामी सबैको एउटै हो!

– जानकी पन्त जुन

प्रतिक्रिया