बिधानत झन्डै २ बर्ष अगाडि २०७६ साल भित्रै सम्पन्न भै सक्नु पर्ने नेपाली कांग्रेसको १४ औं महाधिबेशन मुलत: नेतृत्वको इच्छा शक्ति र बिश्वब्यापी रुपमा देखिएको कोरोना कहर तथा अन्य बिबिध कारणले पछि धकेलिएको थियो ।
नयाँ नेतृत्व छान्ने तथा संगठात्मक स्वरुप: परिबर्तन गर्ने महाधिबेशन जति जति पर धकिलिएको थियो । उति उति नै नेपाली काँग्रेसमा पुस्ता परिवर्तनका लागि नयाँ नेतृत्व आबस्यक भएको बहस चल्न थालेको थियो । बिषेशत: पछिल्लो संसदीय आम निर्वाचनमा नेपाली काँग्रेसले प्राप्त गरेको सिट संख्या प्रति नेतृत्वमा रहेका देउवाको असक्षमता भन्ने टिप्पणी गरिएको थियो ।
निर्वाचनको मत परिणामको आधारमा देउवाले नेतृत्व छोड्नु पर्ने बहस पनि पार्टी पक्तिमा नचलेको होइन । तर स्वयम् देउवा र उनका गुटका नेतृत्वले पार्टीको लज्जाजनक हार देउवाको कारण नभई तत समयमा कम्निष्ठहरुको समजोड़को कारण भएको भन्दै नेतृत्वको बचाउ गरेका थिए ।
यदि नेपाली कांग्रेसमा साच्चै नेतृत्व परिबर्तन गरि पुस्तान्तरण गर्ने हो भने दोस्रो पक्तिमा रहेका नेताहरुमा देखिएको सैद्दान्तिक निष्ठा , नेतृत्वगर्ने साहसमा अटल रहनु पर्दछ ।
नेपाली काँग्रेसमा पुस्तान्तरणको बहस चलेको बर्षौ भयो । जारी १४ औ महाधिबेशनमा बाट सभापतिका पाँच प्रतिस्पर्धी मध्य चार जनाको मुद्दा नै नेतृत्वमा पुस्तान्तरण भन्ने थियो । तर जब निर्णायक स्थिति आयो । परिबर्तनका नारा दिनेहरू नै पुरानो नेतृत्व सगँ सहकार्य गर्न पुगे ।
पहिलो चरणको सभापतिको मत परिणामको नतिजा हेर्दा भलै कांग्रेसको बिधान अनुरुप ५०% मतप्रधान मन्त्री शेर बहादुर देउवाले प्राप्त गर्न सकेनन् तर नेतृत्व परिबर्तन चाहने युवाको चाहनालाई युवा महाधिबेशन प्रतिनिधिहरुले एक मतले साथ दिएको देखिदैन् ।
५/५ जना प्रतिस्पर्धी मध्यदेउवाले पाएको ४८% मत हेर्दा पुस्तान्तरणको बिषय केबल नारामा मात्र सिमित रहेछ भन्ने आभास हुन्छ । त्यस पछि बिधान अनुरुप पार्टी सभापतिका लागि भएको दोस्रो निर्वाचनमा पुस्तान्तरणका एजेन्डा बोकेका उम्मेद्वार त्रय प्रकाशमान शिंह , बिमलेन्द्र निधी र कल्याण गुरुङ्गनै आफ्नो प्रतिबद्दताबाट पछि हटी देउवाको समर्थनमा बिज्ञप्ति निकाल्नुलाई ति नेतागणको उदेश्य पुस्तान्तरण नभइ अवसरबाद रहेको कुरा छर्लङ्गीएको छ ।
५/५ जना प्रतिस्पर्धी मध्यदेउवाले पाएको ४८% मत हेर्दा पुस्तान्तरणको बिषय केबल नारामा मात्र सिमित रहेछ भन्ने आभास हुन्छ ।
रातारात नेतृत्व परिबर्तनको बिषयमा तपाईको सिद्दान्तमा किन परिबर्तन भन्ने प्रश्नमा सिहले भने“ म नेतृत्व परिबर्तनको लागि उम्मेद्वार बनेको हुँ । तर बहुसंख्यक महाधिबेशन प्रतिनिधिहरुले पुरानै नेतृत्वलाई निरन्तरता दिने संदेश दिएको र सभापति देउवाले आफू सँग राय सल्लाहमा पार्टी र सरकार चलाउने प्रतिबद्दता आएकाले मैले सभापतिमा पुन देउवाजीलाई नै सघाउने निर्णय गरे ।“
त्यस्तै अर्का प्रतिस्पर्धी बिमलेन्द्र निधी ले आफ्नो धारणा परिबर्तन हुनुमा “ बहु संख्यक महाधिबेशन प्रतिनिधी साथीहरुको भोट मार्फत अभिव्यक्त भावनालाई सम्मान गर्दै अझै नेतृत्वका लागि पुस्ता परिवर्तनका लागि अझै केही समय कुर्नु पर्ने महसुस भएकाले आफुले देउवालाई समर्थन गर्ने निर्णय गरेको अभिव्यक्ति दिए ।”
शेखर खेमाबाट उप सभापति पदमा प्रतिस्पर्धामा रहेका युवा नेता चन्द्र भण्डारी भन्छन् । “यदि यो अधिबेशनले कांगेसको नेतृत्व परिबर्तन गरेन भने त्यो देश र पार्टी दुबैको लागि अहित हुनेछ ।”
राजाले प्रधानमन्त्री बनाउने ल्याएको प्रस्तावलाई अस्वीकार गरेर पद लोभ मुक्त सिद्दान्तमा अटल रहेका लौह पुरुष गणेशमानजीका सुपुत्र प्रकाशमानको र पिता महेन्द्रनारायण निधिको राजनैतिक बिरासतबाट नेपाली राजनीतिमा प्रभाब बनाएका बिमलेन्द्रको यो नाटकीय किसिमको विचलनले नेपाली राजनीतिमा “पुस्ता हस्तान्तरण” मजाक बन्ने निश्चित प्राय: देखिन्छ ।
यसरी हेर्दा सिह र निधिले नेपाली राजनीतिमा स्थान त बनाए । तर आफ्ना पिताजीहरुले गरेकोत्याग ,समर्पण र निष्ठालाइ भने पटक्कै याद गरेनन् । देशको सरकार हैन , ब्यबस्था नै परिबर्तन गर्नै हैसियत बनाएका श्रद्दीय पिता हरुका यी सन्तानहरुमा आएको यो किसिमको राजनैतिक /सैद्धान्तिक बिचलनलाइ इतिहाँसले पक्कै मुल्यांकन गर्नेछ ।
देउवाको समर्थनमा बिज्ञप्ति निकाल्नुलाई ति नेतागणको उदेश्य पुस्तान्तरण नभइ अवसरबाद रहेको कुरा छर्लङ्गीएको छ ।
पहिलो चरणमा निर्वाचन परिणामले निर्णायक हुन् नसके दोस्रो चरणका लागि देउवाको बिरासतटिक्न गाह्रो हुने आंकलन गरिएकोमा रातारात सिंह र निधिको “ यु टर्नले” यसको गणितिय अनुमानलाई उल्ट्याई दिएको छ ।
सत्ता समायोजनमा माहिर खेलाडी मानिएका शेर बहादुर देउवाको लागि आफ्नै सहपाठीको समायोजनमा सत्ता शक्ति को के कति सम्झौता गरे ? त्यो भोलिका दिनले पक्कै देखाउनेछ । साथसाथै आफ्ना अन्य ४/४ जना प्रतिस्पर्धी हुँदा हुँदै पनि ४८% महाधिबेशन प्रतिनिधिले देउवा नेतृत्वको निरन्तरतामा मत गर्नुले पुस्तान्तरणको पक्षमा काँगेसको जन मत अझ बन्न नसकेको कुरा मान्न सकिन्छ ।
यद्दपी दोस्रो चरणको निर्वाचनको अन्तिम मत परिणाम बाहिर आइसकेको छैन् । तर मतपरिणामको प्याटर्न हेर्दा शेर बहादुर देउवा पुन: सभापतिमा बिजयी हुने निश्चित प्राय: देखिन्छ ।
नेतृत्व परिबर्तनको खुल्ला बहस चलाएका नेता निधि र सिहंले कित्ता फेरे पनि महाधिबेसनप्रतिनिधि साथीहरुले आफ्नो स्वबिबेकको अधिकार प्रयोग गरी निर्णायक मत दिने हुँदा आफ्नोपल्ला भारी हुने बिस्वास सभापति पदका प्रत्यासी डा. शेखर कोइरालाको रहेको छ ।
समग्रमा : यदि नेपाली कांग्रेसमा साच्चै नेतृत्व परिबर्तन गरि पुस्तान्तरण गर्ने हो भने दोस्रो पक्तिमा रहेका नेताहरुमा देखिएको सैद्दान्तिक निष्ठा , नेतृत्वगर्ने साहसमा अटल रहनु पर्दछ । साथ साथै चर्चित सेलिब्रेटी भनिएका युवा नेतृत्वहरुमा घर मुलीको धोति नसमातीकनै सागर तर्न सकिन्छ भन्नेआँट /ल्यागत र धैर्यता नभय सम्म नेतृत्व परिवर्तन र पुस्ता परिवर्तनको ढोलकको ध्वनि गुन्जायमान हुने छैन ।
दीपक पन्त
मिल्वाकी,अमेरिका
प्रतिक्रिया