दक्षिण अफ्रिकी राष्ट्रपति कोरोना संक्रमित ,हल्का बिरामी

इनेप्लिज २०७८ मंसिर २७ गते १:५८ मा प्रकाशित

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले कोरोना संक्रमित भएका छन । उनि कोभिड-१९ बाट संक्रमित भएता पनि उनीलाई हल्का लक्षणहरू देखा परेकोले उपचार गराइरहेका छन्। उनलाई आइतबार कोरोना लागेको पुष्ठी भएको जानकारी उनको कार्यालयले जनाएको छ ।

उनी केप टाउनमा सेल्फमा एकान्तवास (आइसोलेसन)मा छन् र दक्षिण अफ्रिकी सैन्य स्वास्थ्य सेवाले निगरानी गरिरहेको छ, विज्ञप्तिमा भनिएको छ। उनले आगामी हप्ता सम्मका लागि उपराष्ट्रपति डेभिड माबुजालाई सबै जिम्मेवारी सुम्पेका छन् ।

६९ वर्षीया रामाफोसालाई पूर्ण रूपमा खोप लगाइएको छ । उनको वक्तब्यमा ओमिक्रोन प्रजातिको कोरोनाभाइरसबाट संक्रमित भएका हुन् या हैनन् भनेर जनाएको छैन भनि एबिसीन्यूजले समाचार लेखेको छ

गत हप्ता रामाफोसाले पश्चिम अफ्रिकाका चार देशको भ्रमण गरेका थिए । उनि र उनका प्रतिनिधिमण्डलका सबै सदस्यहरूको यात्राको क्रममा प्रत्येक देशमा कोभिड-१९ को लागि परीक्षण गरिएको थियो।

प्रतिक्रिया