नेपाली कांग्रेसको महाधिवेशन औपचारिक रुपमा सुरु

इनेप्लिज २०७८ मंसिर २४ गते ११:२४ मा प्रकाशित

काठमाडौं।सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन भृकटी मण्डपमा सुरु भएको छ।‘उत्साह, एकता, रूपान्तरणः सफल बनाऔँ १४ औँ महाधिवेशन’ भन्ने मूल नाराका साथ कांग्रेसले १४ औँ महाधिवेशन गर्न लागेको हो।

महाधिवेशनमा विभिन्न झाँकीहरु प्रदर्शन भएका छन्।कांग्रेस महाधिवेशनमा भारत सहितका मुलुकहरुबाट विभिन्न पार्टीका प्रमुख प्रतिनिधिहरु सहभागी भएका छन।त्यस्तै उद्घाटन समारोहमा नेपालका विभिन्न दलका प्रमखहरु समेत सहभागी भएका छन्।लामो समयदेखि एउर्टै मञ्चमा देखा नपरेका शुक्रबार भृकुटीमण्डपमा हुने कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहमा दाहाल र ओली सहित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि सँगै देखिने भएका छन् ।

रुघाखोकीका कारण बिहीबार प्रेस चौतारीको एउटा कार्यक्रममा नगएका ओली शुक्रबार भने कांग्रेस महाधिवेशनमा सहभागी हुने प्रेस संयोजक रामशरण बजगाईंले बताए ।

प्रतिक्रिया