मौसमसॅंगै रंगहरू बदलिएका पातहरूसॅंग केही क्षण रमाउॅंदा

शशी के.सी २०७८ मंसिर २३ गते २२:२२ मा प्रकाशित

“देश गुनाको भेष” त्यस्तै महशुश हुन्छ,वरीपरी रूखका रंगीचंगी पातहरूसॅंग अरू रमाएको देखेर आफु पनि रमाउन खोज्दा!

बर्षौं अमेरिका बसाईको क्रममा सिकेको भनेको परिस्थिति जे जस्तो भएपनि स-साना कुरामा रमाउनु सक्नु पर्ने रहेछ।यॅंहाका मान्छेहरू गज्जवकै लाग्छन्। समस्या अनेक होला।तर आफ्नो अगाडी रमाईलो पल आएमा रमाई हाल्ने र खुशीव्यक्त गरि हाल्ने।

ओहो जाडो महिनामा कहिले काहीं निक्कै हिॅंउ पर्छ।थाहा छ सबैलाई हिंउ रोकिएपछि आफैले घर वरीपरी र गाडी सफागर्नु पर्छ।तर त्यो कुराको मतलव छैन वा सोच्दैनन्।मज्जाले तातो लुगा लगाएर हिॅंउ खेल्न बच्चा देखि बुढाबुढीसम्म बाहिर निस्कन्छन्।

त्यस्तै गर्मी महिना असाध्यै गर्मी हुन्छ।गर्मी छल्न समुन्द्र किनारामा समुन्द्री छालहरूसॅंग रमाउन पुग्छन्।गज्जब त झन्,हामी नेपाली आफुलाई गोरो बनाउन बिभिन्न “फेयर यान लभली” जस्ता क्रिम दल्छौं।यॅंहाका मानिसहरू तातो घाममासुतेर,बसेर जसरी हुन्छ आफुलाई ट्यान वा कालो बनाउन खोज्छन्।

फूल फुल्ने मौसममा त त्यसै जताततै रमाईलो हुने नै भयो।झन् यो मौसममा यॅंहाका मानिसहरू बिभिन्न फूल प्रदर्शनी स्थलपुगेर फूलहरूसॅंग रमाउने गर्छन्॥ बिभिन्न ठाउॅंमा कतै टुलिप,कतै सुर्यमुखी, कतै गुलाफ फूलको प्रर्दशनी गरेका हुन्छन।

त्यस्तै अक्टोवर महिना देखि चाहीं “फल फेस्टिवल” शुरू हुन्छ।बजारमा जताततै ठुलठुल्ला सुन्तला रंगका फर्सीहरूदेखिन्छन्।केटाकेटीहरू फर्सीको गुदी निकालेर,बाहिर काटेर बिभिन्न आकार दिन्छन् र घर बाहिर सजाउछन्।

अनि यहीबेला बिस्तारै मौसम परिवर्तन भएर चिसो हुन थाल्छ।चिसोसॅंगै रूखहरूका पातहरू हरियो रंगबाट पहेंलो,सुन्तला र रातो हुन थाल्छन्।ओहो,यसरी जताततै रंग परिवर्तन भएको पात,रूखहरू “फल कलर” हेर्न जाने भनेर बिभिन्नराष्ट्रिय पार्क तिर जानेहरूको घुईंचो लाग्छ।

भर्जिनिया राज्यको फ्रन्ट रोयन शहरमा पर्ने सेनान्डोहा नेशनल पार्कमा त प्रत्येक बर्ष “फल कलर “ हेर्न जानेहरूको गाडीकोलाईन तल मुख्य ढोका देखि नै निक्कै लामो लाग्छ।हुन पनि यो पार्क अरूबेला जान पनि रमाईलो नै हुन्छ।शहरकोकोलाहलबाट टाढा,माथि डांडामा फैलिएको लामो पार्कको ठाउॅंठाउॅंबाट तल गाउॅंको घर,बारीहरू हेर्दा नेपाल पुगे जस्तोहुन्छ। अझ सुर्योदय र सुर्यास्त हेर्दा त सरागंकोट, नगरकोट र ईलामबाट हेरेजस्तो लाग्छ।

झन् गाडी कुदाउॅंदै बाटोको दुई साइडका रंगीचंगी रूखहरू हेर्दै जानुको त आनन्दै अर्को।ठाउॅंठाउॅंमा गाडी रोकेर तल परपरसम्म रहेका रंगीचंगी रूखहरू हेर्दा अत्यन्त मनमोहक देखिन्छन्।त्यॅंहाको भिजिटर सेन्टरमा एकछिन गाडी रोकेर रूखपात समातेर फोटो खिच्न पनि रमाईलो हुन्छ।

यो मौसममा त आफ्नै घर टोलमा पनि रंगीचंगी रूख वरीपरी केटाकेटी देखि युवा बुढाबुढी सबै अत्यन्त रमाई रहेका हुन्छन्।बच्चाहरू त झरेका पात बटुलेर तेसमा उफ्रने गर्छन्।अनि बिस्तारै जाडो बढे सॅंगै नोभेम्बर महिनामा पातहरू सबै झरेररूखहरू नांगो हुन्छन्।

खासमा,नेपालमा नेपालीहरू नरमाउने त हैनन्।तर नेपालीहरू रमाउने तरिका फरक छ।नेपाली चाडबाड,धर्मकर्म,ब्रत,मन्दिर दर्शन,भोज र पूजाआजामा अत्यन्त रमाउॅंछन्।बर्षभरी नेपालमा बिभिन्न चाडपर्व जात्रा पर्छ।त्यसैको तयरी रमनाउनमा नै नेपाली व्यस्त हुन्छन्।नेपाली मौसम परिवर्तन हुंदा रमाउनै भ्याउॅंदैनन् वा वास्तै गर्दैनन्।

अहिले केही बर्षदेखि चाहीं बिस्तारै नॅंया पुस्ताहरू प्रकृतिसॅंग रमाउन थालेकाछन्।जुन राम्रो परिवर्तन हो।हिंउ परेकाहिमाल हेर्न मुस्तागं,सगरमाथा,पोखरा, लामटांग पुग्छन्।राराताल,गोसाईकुण्ड प्लेन,हेलिकप्टर र हिंडेर पुग्दैछन्।कुनैबेला काठमाडौं वरीपरीका चन्द्रगिरी,फुलचोकीमा हिंउ पर्दा जाडो बढ्ने भयो भनेर दिक्क मान्ने काठमाडौंबासी गाडी रमोटरसाईकल लिएर हिॅंउ खेल्न र हेर्न जान थालेकाछन्।

अत्यमा,नेपाल प्राकृतिक सुन्दरताले भरीपूर्ण छ।संसारभरबाट नेपालका हिमाल,ताल र सुन्दर दृष्य हेर्न विदेशी आउॅंछन्।किन नेपालीहरू पनि आफ्नै देशको प्रकृतिले दिएको अनुपम उपहार हेर्न नजाने त!

-शशी के.सी

शशी के.सी

लेखिका

प्रतिक्रिया