कोरोना ओमिक्रोन नियन्त्रणमा सरकार पूर्णरुपमा तयारी–मन्त्री यादव

इनेप्लिज २०७८ मंसिर २२ गते २२:१३ मा प्रकाशित

विराटनगर,२२ मङ्सिर।प्रदेश नं १ का सामाजिक विकास मन्त्री जयराम यादवले प्रदेश सरकार कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ रोकथाम तथा नियन्त्रणको लागि सम्पूर्ण तयारी गरेको बताउनु भएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आज यहाँ आयोजित शिक्षा,स्वास्थ्य, खाद्य तथा आवास अधिकारका सवालमा सरोकारवालावीच गरिएको प्रदेश स्तरिय अन्तरक्रिया कार्यक्रममा उहाँले विगतको सिकाईको कारण सरकार कोरोनाको नयाँ भेरियन्ट नियन्त्रणमा सजग र राम्रो तयारी गरेको जानकारी दिनु भयो।

मन्त्री यादवले प्रदेशका १४ वटै जिल्लामा सञ्चालित कोभिड उपचार सेन्टरहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिईसकिएको बताउँदै प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल (कोभिड १९)उपचार केन्द्र विराटनगरमा शैय्या थप गरी २०० पुर्याइएको छ भन्नु भयो।

उहाँले केन्द्रमा अक्सिजन,भेन्टिलेटर सहित शैया थप गरिएको र कोरोनाको नयाँ भेरियन्टको नियन्त्रणका लागि सजग रहेको धारणा राख्नु भयो।

मन्त्री यादवले नयाँ भरियन्ट सङ्क्रममण फैलिन नदिनका लागि स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन आग्रह गर्दै आत्मविश्वाट यसको उपचार सम्भव भएको बताउनु भयो।

जिल्ला समन्वय समितिका प्रमुख नरेश पोखरेलले गरीवीलाई रोजगारी र उत्पादनसँग जोड्नु पर्ने आवश्यक्ता औल्याउनु भयो।

कार्यक्रममा इन्सेकका प्रमुख सोमराज थापा, मानवअधिकारकर्मी गीता दाहाल, सञ्चारकर्मी गणेश लम्साल लगायतले स्थानीय निकायमा सार्वजनिक सुनवाईको माध्यमबाट समस्था समाधान गर्नुपर्नेमा जोड दिनु भयो।

 

प्रतिक्रिया