म्याग्दीमा बलेरो जिप भिरबाट गुल्टीयो ४जनाको गयो ज्यान भाग्यले बाचेका घाइतेले खोले यस्तोकुरा

इनेप्लिज २०७८ मंसिर १५ गते २२:२२ मा प्रकाशित

म्याग्दी सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका – १ बेग जाँदै गरेको बोलेरो जीप बेगस्थित घात्पा ९औल० मा दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ।

निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्वरको बोलेरो जीप दुर्घटना हुदाँ सवार ८ जनामध्ये चालक र महिला वडासदस्यसहित ४ जनाको मृत्यु भएको  छ।

दुर्घटनामा परेर अन्दाजी ४० बर्षिय चालक दुधबहादुर थापा,रघुगंगा १ वेगकी वडा सदस्य ३० बर्षिय गौमाया विक,३० बर्षिय खिम पुन र अन्दाजी ५० बर्षिय खिमनाथ शर्माको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले बताए।

दुर्घटनामा घाईते भएका ४ जनालाई उपचारका लागि पोखरास्थित मणिपाल अस्पतालमा ल्याइएको छ।गम्भिर घाईते २० बर्षिय भिम फगामी,२३ बर्षिय मनोज पुन,२३ बर्षिय ज्ञानबहादुर शेरपुञ्जा र ५४ बर्षिय बलबहादुर विक रहेका छन हामीले तिनै घाइते संग कुरा कानि गरेका छौ घटना आंखै अगाडी देख्ने र भाग्यले बाचेका घाइते के भन्नुहुन्छ आजको कार्यक्रम मा प्रस्तुत गरेका छौ बाकि भिडियोमा हेर्नुहोस

प्रतिक्रिया