ईलाम २ को चुनावको बारेमा ज्योतिषीले गरेको भविष्यवाणी ठ्याक्कै मिल्यो

इनेप्लिज २०८१ वैशाख १७ गते २१:३१ मा प्रकाशित

चर्चित ज्योतिषी दीपक सुवेदीले ईलाम २ को चुनावको बारेमा गर्नुभएको भविष्यवाणी ठ्याक्कै मिल्न गएको छ । डेढहप्ता अघि सुवेदीले मिडियासँगको एक संवादमा सो भविष्यवाणी गर्नु भएको थियो ।

अन्तर्वार्तामा सवालजवाफ गर्ने क्रममा ज्यो. सुवेदीले सुहाङलाई ईलाम नामको स्थान फाप्ने ठाउँ हो । उनका बाबु सुवास नेम्बाङले पनि सो ठाउँबाट निरन्तर चुनाव जित्न सफल हुनुको कारणसमेत यही भएको तर्फ उहाँको संकेत थियो । संयोग पनि पर्न गएको छ कि बाबु छोरा दुबैको नाम सुबाट आएको छ ।

राजा विरेन्द्रको मृत्युदेखि विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रम एवं राजनीति तथा व्यक्तित्त्वलगायतका भविष्यवाणी गरेर चर्चामा आउने गरेका ज्योतिषी दीपक सुवेदी उर्फ दीपक गुरुले ईलामको चुनावको सन्दर्भमा निकै डिप्लोम्याटिक शैलीमा कुनै पनि पार्टी र उम्मेदवारको पक्ष नलिइकन चुनावको ज्योतिषीय विश्लेषण गर्नु भएको थियो । सो विश्लेषणमा सुवेदीले शुरुमै सुहाङको नाम लिनु भएको अन्तर्वार्ताको भिडियोमा देखिन्छ । जुन कुरा ठ्याक्कै मिलेको चुनावी परिणामले देखिाएको छ ।

ज्यो. दीपक सुवेदी गुरुले यसका सम्बन्धमा दिनु भएको पूरा अन्तर्वार्ता भिडियोमा हेर्नसक्नु हुनेछ

प्रतिक्रिया