इतिहासमा पहिलो पटक एयरबस ए३४० नामक विमान अन्टार्कटिकामा अवतरण

इनेप्लिज २०७८ मंसिर ९ गते १:५० मा प्रकाशित

इतिहासमा पहिलो पटक एयरबस ए ३४० नामक विमान अन्टार्कटिकामा अवतरण भएको छ । हाई फ्लाई नामक एक एभिएसन् बुटिक कम्पनि (वस्त्रालय उड्डयन प्रतिष्ठान ) ले सफलता पूर्वक उडान भरेको छ ।

उक्त प्रतिष्ठानले दुवै विमान र हवाई चालक दललाई भाडामा लिन्छन् र बीमा, मर्मत र अन्य मर्मत सम्भार र प्रबन्ध गर्न जिम्मेवार लिन्छन ।

यो विमान विश्वको सबैभन्दा दक्षिणी महाद्वीपमा रहेको नयाँ माथिल्लो स्तरको साहसिक शिविर वोल्फ़ फ्याङले सञ्चालन गरेको थियो । उक्त रिसोर्ट(आश्रय)मा धेरै आवश्यक सामग्रीहरू ल्याईएको थियो।

वोल्फ फ्याङ उच्चस्तरीय अन्टार्कटिका पर्यटन प्रतिष्ठान व्हाइट डेजर्ट(स्वेत मरुभूमि )को नयाँ परियोजना हो। हाई फ्लाई ८०१ को चालक दलको नेतृत्व क्याप्टेन कार्लोस मिरपुरीले गरेका थिए, जो हाई फ्लाईका उपाध्यक्ष पनि हुन्।

प्रत्येक उडानले पाँच देखि साढे पाँच घण्टाको समय लियो। टोलीले अन्टार्कटिकाको जमिनमा २५०० समुद्री माइल क्षेत्र यात्रा तीन घण्टाभन्दा कम समय बितायो भनि सिएनएनले समाचार लेखेको छ ।

प्रतिक्रिया