२०७८मंसीर ६ गते सोमबार-कोरियास्थित नेपालीको रेमिट स्टार रेमिट र नेपालको नबिल बैंक विच रेमिटयान्स भित्रयाउने सम्बन्धिमा सम्झौता भएको छ।
नेपालको राजधानी काठमाण्डौंको हात्तिसार स्थित नेपाल हाउस रेष्टुरेन्टमा आयोजित एक विशेष समारोहको विच स्टार रेमिटका अध्यक्ष रुद्र शर्मा र नविल बैंकका कार्यकारी अधिकृत–सिइओ)अनिल केशरी शाह विच सो सम्बन्धमा हस्ताक्षर भएको हो।
कार्यक्रममा कोरियाबाट नेपाल रेमिटयान्स भित्रयाउने,कोरिया रिटर्नीहरुलाई कसरी बैंकिङ सेवा दिने,विदेशबाट सरल,सहज र कानुनी रुपमा पैसा भित्रयाउने र त्यसलाई सदुपयोग गर्ने सम्बन्धमा चर्चा गरिएको छ।
सो समारोहमा नविल बैंकका प्रतिनिधिहरु,स्टार रेमिटका प्रतिनिधिहरु सहित कोरिया तथा विदेशबाट फर्केका नेपालीहरुको समेत सहभागिता रहेको थियो।
स्टार रेमिट दक्षिण कोरियामा २०१८ सालमा नेपालीद्वारा नेपालीको लागि संचालित रेमिटयान्स हो।हाल कोरियाबाट १५ देशमा कारोबार गर्ने यो रेमिटयान्स कम्पनीले
२०२२ सम्म ५० देशमा र २०२४ मा २०० देशमा कारोबारगर्ने लक्ष्यसहित कारोबारलाई विस्तार गरिरहेको छ।
नेपालको नं. १ बैंक नविल बैंकसंगको सहकार्यले स्टार रेमिटको सेवामा अझ गुणस्तर थपिने कम्पनीको दावि छ।नबिल बैंकले नेपालमा १३५ ब्रान्चहरुबाट तथा
१५हजार बढि नबिल रेमिट एजेन्ट लोकेशन बाट सेवा प्रदान गरिरहेको छ।
फिक्स डिपोजिट,लोन सुविधा तथा स्मार्ट बैंकिङको सुविधा कोरियाबाटै लिन को लािग स्टार रेमिटसंगको सम्झौंताले थप मद्धत गर्ने विश्वास गरिएको छ।
प्रतिक्रिया