प्रधानन्यायाधीशको अधिकार कटौती, अब पेशी गोला प्रथाबाट तोकिने

इनेप्लिज २०७८ मंसिर ६ गते १२:१७ मा प्रकाशित

काठमाडौं।सर्वोच्च अदालतमा अब गोलाप्रथाबाट पेशी तोकिने भएको  ।नेपाल राजपत्रमा सर्वोच्च अदालत दोस्रो संशोधन नियमावली,२०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो।

मंसिर २ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठक फूल कोर्टले पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरी गोला प्रथाबाट पेशी तोक्ने गरी सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गरेको थियो।

संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि मुद्दाको पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती भएको छ।अब सबै मुद्दाको पेशी गोला प्रथाबाट तोकिने भएको छ।

संशोधित नियमावलीको नियम २० मा अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइको लागि इजलासको गठन र पेशी सूची निर्धारण गोला प्रक्रियाद्वारा हुने उल्लेख छ।न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न सिफारिस गरेको थियो।

न्यायाधीश मीरा खड्काको प्रतिवेदनले गोलाप्रथामा कसरी जाने भन्नेबारे कार्यविधि सुझाएको छ।पछिल्लो समय सर्वोच्च अदालतमा बढेको विवादका बीच फुलकोर्टले गोलाप्रथाबाट पेसी तोक्न नियमावली संशोधन गरेको थियो।

हेर्नुहाेस् फुलकोर्टले नियमावली संशोधन गरेसँगै राजपत्रमा प्रकाशित सूचना

प्रतिक्रिया