अस्ट्रिया राष्ट्रव्यापी कोरोना बिरुद्ध खोपको आदेश दिने युरोपको पहिलो राष्ट्र ,कोरोना आकासिदै गर्दा बन्दाबन्दी 

इनेप्लिज २०७८ मंसिर ३ गते ११:४८ मा प्रकाशित

जाडो महिनाको सुरुवात संगै कोरोना वृद्धि हुदै गर्दा अस्ट्रियाले राष्ट्रव्यापी खोपको आदेश दिने युरोपको पहिलो राष्ट्र भएको छ । कोरोना आकासिदै गर्दा बन्दाबन्दी(लकडाउन) पनि घोषणा गरेको छ ।

खोप लगाउन योग्य व्यक्तिहरूको लागि कोभिड-१९ बिरुद्ध खोप अनिवार्य बनाउने युरोपको पहिलो देश बन्ने योजना भएको चान्सलर अलेक्ज्याण्डर शालेनबर्गले शुक्रबार घोषणा गरे।

शालेनबर्गले आफ्नो सरकारले फेब्रुअरी १ ​​देखि राष्ट्रिय खोपको अनिवार्यता लागू गर्न खोज्ने बताए। अस्ट्रियाका करिब ६५% जनसंख्यालाई कोभिड-१९ विरुद्ध पूर्ण रूपमा खोप लगाइएको छ । जुन युरोपेली संघमा घट्ने दरहरू मध्ये एक हो, जहाँ संक्रमणहरु बढिरहेका छन्।

राष्ट्रिय ब्यापीरुपमा बन्दाबन्दी गर्ने भएको र आगामी सोमबारबाट सुरु हुने सिएनएनले समाचारमा उल्लेख गरेको छ  ।  पहिलो चरणमा  न्यूनतम १० दिनसम्म रहनेछ । र थप १० दिनको लागि विस्तार गर्न सकिन्छ, शालेनबर्गले भियनामा पत्रकार सम्मेलनमा पत्रकारहरूलाई भने।

कोभिड-१९ विरुद्ध पूर्ण रूपमा खोप नलगाएका  सबै १२ बर्ष र माथिका सबैका लागि बन्दाबन्दी(लकडाउन) उपायहरू लागू गर्ने बताईएको छ ।

ती उपायहरू अन्तर्गत गत नोभेम्बर १५ मा लागु गरिएको थियो ।खोप नलगाएकाहरूलाई केही सीमित कारणहरू बाहेक घरमा बस्न आदेश दिइएको थियो ।  अधिकारीहरूले बाहिर जाने र वरपर हुनेहरूलाई स्थलगत रुपमा जाँच गरि रहेका छन् ।

प्रतिक्रिया