‘कति बस्छौ माइती कै कौसीमा’ मा दिपा र केदार

इनेप्लिज २०७८ मंसिर २ गते २३:१० मा प्रकाशित

 

स्वर्गीय गायक राम थापाको स्वरमा रहेको गीत ‘कति बस्छौ माईती कै कौसीमा’ बोलको नयाँ भर्सन सार्वजनिक भएको छ।गीतको ओर्जिनल भर्सनमा मुरारी प्रसाद लामिछानेको शब्द,संगीत रहेको छ।रिमेक भर्सनको गीतमा अन्जु पन्त र मिलाम श्रेष्ठको स्वर रहेको छ।

यो गीतमा संगीत र शब्दमा भिम बिष्टले केहि नयाँ आयाम थपेका छन्।छक्का पन्जा टिमको निर्देशनमा तयार भएको गीतको भिडियोमा दिपाश्री निरौला,केदार घिमिरे ‘माग्ने बुढा’,निर्मल शर्मा, बुद्धि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ।हरि हुमागाईले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन्। भिडीयोमा विक्रम स्वरको कोरियोग्राफी रहेको छ।

प्रतिक्रिया