प्रधानन्यायाधीश जबरालाई सुरेन्द्र केसीको आग्रह : खबरदार, तपाईँले राजीनामा नदिनुहोस (भिडिओसहित)

इनेप्लिज २०७८ मंसिर १ गते ११:०१ मा प्रकाशित

काठमाडौं, १ मंसिर।राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमेर जबराको राजीनामा मागेर नेपाल बारले गरेको आन्दोलन नै गलत भएको दाबी गरेका छन्।उनले प्रधानन्यायाधीश जबराको राजीनामा मागिनु उपयुक्त नभएको जिकिर गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले भने,‘खबरदार प्रधानन्यायाधीशज्यू, तपाईँले कुनै हालतमा राजीनामा नदिनुहोस, राजीनामा नदिनुहोस भन्ने मेरो आदेश हो । जनताको पनि यही खबरदारी छ।जनताको तर्फबाट मेरो आग्रह छ कि तपाईँले राजीनामा नदिनुहोस, यदि दिनैपर्ने अवस्था आयो भने के कारणले दिनुपर्ने हो त्यो कारण पनि खुलाउनुपर्छ ।’

प्रतिक्रिया