बेलायतको लिभरपुल अस्पताल नजिकै कार विष्फोटमा एक जनाको मृत्यु र अर्का एक जना घाइते ,३ युवा पक्राउ

इनेप्लिज २०७८ कार्तिक २८ गते २२:२४ मा प्रकाशित

 

बेलायतको प्रहरीले लिभरपुल अस्पताल नजिकै सवारी साधन (कार) विष्फोटमा एक जनाको मृत्यु र अर्का एक जना घाइते भएपछि तीन युवालाई पक्राउ गरेको समाचार सिएनएनलेले लेखेको छ ।

ग्रेट म्यानचेस्टर प्रहरीले सामाजिक संजाल मार्फत आइतवार ट्वीट गर्‍यो, “मर्सेसाइडका अधिकारीहरूले लिभरपुलको केन्सिङ्गटन क्षेत्रमा २९ ,२६ र २१ वर्षका तीन पुरुषहरूलाई आतंकवाद ऐन अन्तर्गत पक्राउ गरेका छन्।”

उत्तरपश्चिम इङ्गल्याण्डको लिभरपुल महिला अस्पताल बाहिर आइतबार भएको विस्फोटको अनुसन्धान गरिरहेको स्थानीय प्रहरी र आतंकवाद बिरुद्ध लड्ने विशेषज्ञ प्रहरीले अनुसन्धान गरिरहेको जनाएका छन् ।

अधिकारीहरूले “विस्फोट के कारणले भयो भनेर जाँच र अनुसन्धान गरि रहेको प्रहरीको अघिल्लो विज्ञप्तिमा भनिएको छ ।

घाइतेको अस्पतालमा उपचार भइरहेको र उनि जोखिम मुक्त रहेको प्रहरीले जनाएका छन् । उक्त घटना स्थानीय समय अनुसार बिहान ११ ( अमेरिकी पूर्वीय समय बिहान ६ )बजे उक्त घटना भएको थियो ।

सर्व साधारणहरूलाई शान्त तर सतर्क रहन आग्रह गरिएको छ भनि सिएनएनले समाचार प्रकाशित गरेको छ ।

लिभरपुलका नगर प्रमुख जोआन एन्डरसनले सामाजिक संजाल मार्फत ट्विट गर्दै विस्फोटको खबर “अस्तब्यस्त र विचलित पार्ने” भएको बताएकी छन्।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि ट्वीट गरे, “लिभरपुलमा आज भएको भयानक घटनाबाट प्रभावित हुने सबैसँग म साथमा छु। म आपतकालीन सेवाहरूलाई उनीहरूको द्रुत प्रतिक्रिया र व्यावसायिकताका लागि धन्यवाद दिन चाहन्छु, र अनुसन्धान जारी राख्ने प्रहरीलाई धन्यवाद दिन चाहन्छु।”

प्रतिक्रिया