बाजिलकी प्रसिद्ध गायिका मारिलिया मेन्डोन्साको बिमान दुर्घटनामा मृत्यु भएको छ भने अन्य ४ यात्रु सहित मृत्यु भएको प्रहरीले जनाएका छन् । २६ बर्षिय मेन्डोन्सा ल्याटिन ग्रामी पुरस्कार विजेता समेत रहेकी थिइन ।
गत शुक्रबार नोभेम्बर ५ का दिन सांगीतिक कार्यक्रमको लागि बाटोमा जाँदै गर्दा उनको हवाई जहाज दुर्घटनामा परेको थियो । ब्राजिलका सबैभन्दा लोकप्रिय गायकहरू मध्ये कै मेन्डोन्साको एक थिइन् ।
मेन्डोन्साको संचार कार्यालयले एक विज्ञप्ति जारी गरि उनको मृत्युको पुष्टि गर्यो, र उडानमा रहेका अन्य चार यात्रुहरूको पनि मृत्यु भएको बताए। तिनीहरूको विमान मेन्डोन्साको गृहनगर गोयानिया र रियो दि जेनेरियोको उत्तरमा रहेको मिनास गेराइस राज्यको एउटा सानो सहर काराटिंगाको बीचमा दुर्घटनाग्रस्त भयो।
मिनास गेराइस राज्यको नागरिक प्रहरीले पनि मेन्डोन्साको मृत्युको पुष्टि गरेको छ । दुर्घटनाको कारणको विवरण प्रदान नगरी आगमनको केही समय अघि दुर्घटना भएको जनाएको छ । मेन्डोन्साले दिउँसो एउटा भिडियो(श्रब्य दृश्य)प्रकाशित गरेकी थिइन् जसमा उनलाई गिटार हातमा हवाईजहाज तर्फ हिँडेको देखाइएको थियो।
उदाउँदो ताराले ब्राजिलमा सर्टेनेजो भनिने लोक संगीत प्रस्तुत गर्थिन । उनी आफ्ना गीतहरूमा नारीवादी मुद्दाहरू सम्बोधन गर्नका लागि परिचित थिइन्, जस्तै आफ्ना साझेदारहरूलाई नियन्त्रण गर्ने पुरुषहरूको निन्दा गर्ने, र महिला सशक्तिकरणको लागि आह्वान गर्ने।
उनको निधन भए पछि शुक्रबार साँझ समाचारमा प्रशंसक, राजनीतिज्ञ, संगीतकार र भकुण्डो खेलाडीहरू सहित ब्राजिलका सबै कुनाबाट सामाजिक संजाल (सोशल मिडिया)मा उदासीन छाएको छ ।
उनको इन्स्टाग्राम खातामा ३ करोड ८० लाख प्रशंसक र अनुयायीहरु छन् ।
म विश्वास गर्न अस्विकार गर्छु, म अस्वीकार गर्छु,” ब्राजिलका होनाहार प्रसिद्ध भकुण्डो खेलाडी नेयमार दा सिल्भा सानटोसले भने । जो मेन्डोन्साका साथी हुन्, समाचार बाहिरिएपछि ट्विटरमा भने। ब्राजिलको सरकारले पनि शोक प्रकट गरेको छ।
ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले पनि “उनको पुस्ताका एक महान कलाकार” को निधनमा शोक व्यक्त गर्न सामाजिक संजाल प्रयोग गरे।
पूरै देश स्तब्ध भएको समाचार प्राप्त गरेको छ,” उनले भने। उनको गीतिसंग्रह एम टोडोस ओस कानटोस्ले सन् २०१९ मा ल्याटिन ग्रामी पुरस्कार समारोहमा सर्वश्रेष्ठ सेर्टानेजो जितेको थियो । उनी यस वर्ष ‘प्याट्रोस’ का लागि सोही पुरस्कार का लागि मनोनित भएकी थिइन् ।
मेन्डोन्सा आफ्ना प्रेमावेशपूर्ण (रोमान्टिक )गीतहरूका लागि पनि प्रख्यात थिइन् । उनको एक छोरा जो अर्को बर्ष २ बर्ष पुग्नेछन् ।
प्रतिक्रिया